पस्मिना बेचेर स्विस दम्पतीले बनाए स्वास्थ्यचाैंकी

 पस्मिना बेचेर स्विस दम्पतीले बनाए स्वास्थ्यचाैंकी

गोरखाः स्विट्जरल्यान्डका नागरिकले पस्मिना बेचेर आएको आम्दानीले गोरखाको दुर्गम लापु गाउँमा भूकम्पले भत्काएको स्वास्थ्यचौकी र विद्यालय भवन पुनर्निर्माण गरेका छन् । डाक्टर थेरी लङ्गेन्बेगर र उनकी पत्नी भोरोनिक लङ्गेन्बेगरले स्विट्जरल्यान्डमा विशेष पर्व, मेला र उत्सवमा पस्मिना बेचेर आएको ३५ लाख रुपैयाँले माझगाउँ स्वास्थ्यचौकी र २२ लाख रुपैयाँको लागतमा कालरात्री माविको भवन निर्माण गरेका हुन् ।

उनीहरूले तीन वर्षअघि सोही ठाउँमा निर्माण गरेको स्वास्थ्यचौकी भवन भूकम्पले भत्काएको थियो । गत वर्षको फागुनमा निर्माण सुरु गरिएको उक्त स्वास्थ्यचौकी भवन असोजमा निर्माण सम्पन्न भएको थियो भने विद्यालय भवन साउन महिनामै निर्माण सम्पन्न भएको स्थानीय समन्वयकर्ता गणेश गुरुङले जानकारी दिए । निर्माण सम्पन्न भएदेखि नै सञ्चालन भएका ती भवनहरूको सोमबार विधिवत उद्घाटन गरियो । लङ्गेन्बेगर दम्पती गाउँमा पुगेर दुवै भवनको उद्घाटन गरेका हुन् ।

पाँच वर्षअघि ट्रेकिङमा लापु गाउँ पुगेका उनीहरूले झाडापखाला लागेर थला परेकी स्थानीय महिली गुरुङको उपचार नपाएर मृत्यु भएको देखेपछि उक्त ठाउँमा स्वास्थ्यसेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । ‘उनीहरूले त्यहीबेलादेखि स्विट्जल्यान्डमा महिली एसोसिएसन स्थापना गरी यस क्षेत्रमा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गरिरहेका छन्', माहिलीका भाइसमेत रहेका गणेश गुरुङले भने, ‘उक्त संस्थाले विशेष गरी भूकम्पका बेला घाइते भएकाहरूको उपचारमा सहयोग गर्‍यो ।

पाँच वर्षअघि ट्रेकिङमा लापु गाउँ पुगेका स्विस दम्पतीले झाडापखाला लागेर थला परेकी स्थानीय महिली गुरुङको उपचार नपाएर मृत्यु भएको देखेपछि उक्त ठाउँमा स्वास्थ्यसेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

जिल्लाभरिका घाइते, बिरामीको उपचारका लागि जिल्ला अस्पताललाई समेत औषधि सहयोग गरेको थियो ।' दुर्गम लापु गाउँमा सफा, शुद्ध खानेपानीको चर्को अभाव भएका कारण स्वास्थ्य समस्या भएको भन्दै लङ्गेन्बेगर दम्पतीले लापुमा खानेपानी आयोजना सञ्चालन गर्ने प्रतिवद्धता पनि कार्यक्रममा व्यक्त गरे ।

भवन उद्घाटनका अवसरमा उनीहरूले स्वास्थ्य संस्थालाई इन्टरनेट उपकरणसहितको ल्यापटप र विद्यालय भवनमा पनि इन्टरनेट उपकरणसहितका पाँचवटा ल्यापटप प्रदान गरेका थिए । यसअघि माहिली एसोसिएसनले लापु गाविसका सबै घरमा शौचालय निर्माण गरिसकेको छ । साथै विद्यालयमा खेल मैदान पनि निर्माण गरेको छ । भूकम्पले भत्काएका निजी घर पुनर्निर्माण भइनसके पनि स्वास्थ्यचौकी भवन, विद्यालय भवन, शौचालय, खेल मैदान भने पुनर्निर्माण भइसकेका छन् ।

लापु गोरखा सदरमुकामबाट २३ कोस टाढाको गाउँ हो । मोटर बाटोले नजोडिएको उक्त गाउँका बासिन्दाले राम्रोसँग स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । माहिली एसोसिएसनले नियमित रूपमा औषधि, विभिन्न उपकरण तथा अहेबको समेत व्यवस्था गरेपछि स्थानीयवासी खुसी भएका छन् । विद्यालय भवन, स्वास्थ्यचौकी भवनलगायतका सहयोग पाएपछि स्थानीयवासीले नाचगान गरेर उनीहरूको स्वागत गरेका थिए । विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, स्थानीयवासी कार्यक्रममा सहभागी थिए ।

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.