कानपुर दुर्घटनाको छानबिन हुदैँछ- सिंह

 कानपुर दुर्घटनाको छानबिन हुदैँछ- सिंह

नयाँ दिल्लीः गृहमन्त्री राजनाथ सिंहले गत वर्ष नोभेम्बरमा भएको इन्दौर पटना एक्सप्रेस कानपुर नजिकै भएको दुर्घटनाका विषयमा छानबिन भइरहेको बताएका छन् । बुधबार संसदको उपल्लो सदनमा कांग्रेस नेता दिग्विजय सिंहले उक्त घटनाको छानबिन भइरहेको भन्दै रिपोर्टका लागि केही समय प्रतीक्षा गर्न विपक्षी दलका नेताहरुलाई आग्रह गरेका छन्।

सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको गोन्डामा भएको चुनाबी प्रचारमा दुर्घटनामा आइएसआइको संलग्नता रहेको रहेको भन्ने भनाइका विषयमा प्रश्न उठाएका थिए । रेल दुर्घटनामा दुबइमा बसोबास गर्ने नेपाली नागरिक शम्शुल हुडाको नाम मुख्य आरोपीको रुपमा आएको थियो । गृहमन्त्री सिंहले संसदमा नेपाली नागरिकको नाम र संग्लग्नताका बारे केहि उल्लेख गरेनन् ।

उनले भने, ‘भारतमा जति पनि आतंकबादी गतिविधिहरु हुन्छन त्यो छिमेकी मुलुक(पाकिस्तान)द्धारा स्पोन्सर्ड हुन्छन् । कानपुर दुर्घटनाका बारेमा पछि सुरक्षा एजेन्सीहरुले जाँच गरिरहेका छन्, रिपोर्टको प्रतीक्षा गर्नुपर्छ ।' इन्दौर पटना एक्सप्रेस गत वर्ष २१ नोभेम्बरमा कानपुर नजिकैको देहाटमा दुर्घटनाग्रस्त भएको थियो । जसमा एक सय चालिस यात्रु मारिएका थिए ।

घटनाको मुख्य आरोपीको रुपमा विहार प्रहरीले नेपाली नागरिक शमसुल हुडालाई गिरफतार गरेको थियो भने उनको संलग्नता पाकिस्तानी आइएसआइसँग रहेको आशंका गरिएको छ । बुधबारको राज्यसभा सदनमा कानपुर रेल दुर्घटनामा आइएसआइको हात रहेको भन्दै बहस भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.