सेन्ट्रल र भक्तपूर फाइनान्सको एकीकृत कारोबार
सेन्ट्रल फाइनान्स लिमिटेड र भक्तपूर फाइनान्स कम्पनी लिमिटेड एक आपसमा मर्ज भई २०७३ साल चैत्र १० गतेबाट सेन्ट्रल फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ । मर्जपश्चात नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ग' वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था रहने र संस्थाको केन्द्रीय कार्यालय ललितपुर कुपन्डोलमा रहने संस्थाले जनाएको छ ।
संस्थाको कुल चुक्ता पुँजी ५२ करोड ६ लाख ६३ हजार, निक्षेप दुई अर्ब ६४ करोड सात लाख रुपैयाँ र कर्जा लगानी दुई अर्ब ३१ करोड ७७ लाख हुनेछ । काठमाडौंको चाबहिल, चितवनको नारायणगढ, रूपन्देहीको बुटवल तथा भक्तपुरको च्यामासिंहमा शाखा कार्यालय रहनेछ । संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनत्तम चुक्ता पुँजी ८० करोड मर्जपछि हकप्रद सेयर र बोनस सेयार जारी गरी पुर्याउने भएको छ ।