चन्द्रागिरिमा विदेशी पाहुना

चन्द्रागिरिमा विदेशी पाहुना

काठमाडौः भूतपूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । उनले काठमाडौं उपत्यकाको ऐतिहासिक र रमणीयस्थल चन्द्रागिरिमा निर्माण गरिएको चन्द्रागिरि केबलकारले देशको पर्यटन प्रवद्र्धन र आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले यस कार्यका लागि अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत चन्द्रागिरि हिल्स लिमिटेड परिवारलाई धन्यवाद दिए । त्यस्तै बंगलादेश संसद्का सभामुख सिरिन सर्मिन चौधरीले पनि चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरेका छन् । भ्रमणका क्रममा चन्द्रागिरि पर्बतबाट देखिएको दृश्यले आफू प्रभावित भएको भन्दै बंगलादेश सरकार तथा जनताकोतर्फबाट शुभकामना व्यक्त गरेको कम्पनीले जनाएको छ ।

चीनको बेइजिङबाट आएका धर्मगुरु लि चीएले पनि चन्द्रागिरि हिल्सको अनौपचारिक भ्रमण गरे । चन्द्रागिरि हिल्स लिमिटेडको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै चीएले पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महत्ववपूर्ण कदम यहीबाट चालेको बताए । भ्रमणमा रहेको टोलिलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवं महाप्रबन्धक अभिषेकविक्रम शाहले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.