ईपीएस भाषा परीक्षाको शुल्क ग्लोबलबाट
काठमाडौंः ग्लोबल आईएमई बैंकले विगत वर्षमा जस्तै ईपीएस कोरियन भाषा परीक्षाको शुल्क संकलन सेवा प्रदान गरेको छ । ग्लोबल आईएमई बैंक कोरियन भाषा परीक्षाको शुल्क संकलन गर्ने एकमात्र बैंकका रुपमा रहेको जनाइएको छ ।
बैंकले बुधबारदेखि १० दिनसम्म सञ्चालन हुने आठौं ईपीएस कोरियन भाषा परीक्षाको शुल्क पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ९४ शाखाबाट संकलन गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
अघिल्ला वर्षमा देशका विभिन्न स्थानमा छुट्टै काउन्टर स्थापना गरेर संकलन गर्दै आएको परीक्षा शुल्क यस वर्ष भने ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाबाट संकलन गर्ने व्यवस्था मिलाइएको छ । नेपाल सरकार श्रम मन्त्रालय वैदशिक रोजगार विभागसँगको सहकार्यमा सुरुदेखिनै ग्लोबल आईएमई बैंकले ईपीएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आएको छ ।