हिमालयन पावरद्वारा प्रभावित क्षेत्रका बासिन्दालाई सेयर
काठमाडौं ः हिमालयन पावर पार्टनर लिमिटेडले प्रभावित क्षेत्रका वासिन्दालाई सेयर बाँडफाँट गरेको छ । ग्लोबल आईएमई क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकमा आयोजना प्रभावित क्षेत्रका लमजुङका बासिन्दालाई उक्त सेयर बाँडफाँट गरिएको संस्थाले जनाएको छ ।
संस्थाले सय रुपैयाँ अंकित दरको दश लाख ६५ हजार चार सय १७ कित्ता जसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका (चिती, ढोडेनी, बन्सर, नौथर, श्रीभञ्ज्याङ अर्चलबोट गाविसका) लागि पाँच लाख ३२ हजार सात सय आठ अर्थात ५० प्रतिशत र बाँकी ५० प्रतिशत लमजुङ जिल्लाका लागि सेयर निष्कासनको स्वीकृति पाएको थियो ।
संस्थाले २०७३ माघ १७ गतेदेखि फागुन २ सम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री खुल्ला गरेको थियो । त्यसबाट संकलन कुल नौ हजार चार सय ७४ आवेदन फारम मार्फत जम्मा ३१ लाख ४१ हजार नौं सय ३५ कित्ता आवेदन प्राप्त भएकोमा रितपूर्वक आवेदन दिने नौ हजार चार सय ६८ जना आवेदकलाई ३१ लाख ४० हजार आठ सय ६० कित्ता सेयर बाँडफाँट गरेको संस्थाले जनाएको छ ।
साथै बाँडफाँटमा नपरेको रकम फिर्ता भुक्तानी आउँदो मंगलबारदेखि क्लियरिङ हाउस लिमिटेडको इन्टरबैंक पेमेन्ट सिस्टमद्वारा भुक्तानि गर्ने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ ।