टुरिजम बैंकद्वारा रक्तदान
काठमाडौं ः टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको सातौं वर्ष पूरा गरी आठौं वर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार बैंकको मुख्य कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रक्तसञ्चार केन्द्रमा देखिएको रगतको अभावलाई ध्यानमा राख्दै यस कार्यक्रमबाट थोरै भए पनि सहयोग पुग्ने बैंकले जनाएको छ । ‘रक्तदान जीवनदान' भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य, बैंक व्यवस्थापन समिति, कर्मचारी, ग्राहक, शुभचिन्तकलगायत उपस्थित थिए । बैंकको कुल शाखा संख्या २९, एक एक्स्टेन्सन काउन्टर तथा एटीएम संख्या १३ पुगेको छ ।