प्रधानमन्त्री प्रचण्ड र चिनियाँ रक्षामन्त्रीबीच के कुरा भयो ?

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ रक्षामन्त्रीबीच के कुरा भयो ?

काठमाडौं : प्रधानमन्त्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच भेट भएको छ । नेपालको तीन दिने भ्रमणमा आएका चिनीयाँ रक्षामन्त्रीसँग बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको हो ।

भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझमाथि उठाउने बताएका छन्।

भेटमा प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहँदै आएको बताउँदै चीनको अभिन्न अंग तिब्बत र ताइवान विरोधी गतिविधिको सधै नेपालले विरोध गर्ने प्रष्ट पारे । चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको प्रधानमन्त्रीले बताएका छन्।

नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै सहयोगप्रति आभार व्यक्त गरे।

नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच विकसित सम्बन्धप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे। प्रधानमन्त्रीले रक्षामन्त्री चाङको नेपाल भ्रमण पूर्ण सफलताको समेत गरेका छन्।

भेटका अवसरमा रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्रीको आजदेखि हुन लागेको चीन भ्रमणको पूर्ण सफलताको कामना गर्दै नेपाल सरकार र नेपाली जनताले चीनप्रति देखाएको सद्भाव र आत्मीय सम्बन्धप्रति आभार व्यक्त गरे ।

उनले ताइवान र तिब्बत मामिलामा चीनप्रति नेपालको बलियो समर्थनका लागि धन्यवाद दिँदै वान वेल्ट वान रोडमा सहभागिताका लागि पनि धन्यवाद व्यक्त गरे।

नेपालको विकास र अन्य आवश्यकताका लागि चीनले सधै नजिकबाट सहयोग गर्ने चिनियाँ रक्षामन्त्रीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.