चिनियाँ सुरक्षाकर्मीले बालुवाटारमै चुरोट तानेपछि..
तस्बिर : सरोज बैजु
काठमाडौं : चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमण टोलीमा आएका चिनियाँ सुरक्षाकर्मीले प्रधानमन्त्री निवास बालुवाटारमै चुरोट तानेका छन् ।
चिनियाँ रक्षामन्त्री चाङ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता भइरहेको समयमा बाहिर रहेका सुरक्षाकर्मीले चुरोट तानेका हुन् । चिनियाँ सुरक्षाकर्मीले प्रधानमन्त्री निवासमै चुरोट तानेपछि सुरक्षामा खटिएका नेपाली सुरक्षा अधिकारीको अनुरोधपछि भने चिनियाँ सुरक्षाकर्मीले चुरोट फालेका थिए।