दृष्टिविहीनका लागि पाठ्यपुस्तक
काठमाडौँको त्रिपुरेश्वरस्थित नेपाल दृष्टिविहीन कल्याण सङ्घमा दृष्टिविहीनका लागि कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक (ब्रेललिपि) तयार गरिँदै। सङ्घले आठ हजार थान पाठ्यपुस्तक (ब्रेललिपि) समयमै विद्यालयमा उपलब्ध गराउन दु्रत गतिमा छपाई कार्य गरेको छ। तस्बिर: रासस