सीमांकन बाहेक संविधान संशोधनमा सहमति जुटाउन शीर्ष नेताको बैठक बालुवाटारमा

सीमांकन बाहेक संविधान संशोधनमा सहमति जुटाउन शीर्ष नेताको बैठक बालुवाटारमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सरकारमा संलग्न नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रमुख प्रतिपक्षी दल एमाले र मधेसी मोर्चाको बैठक बालुवाटारमा सुरु भएको छ । सीमाङकनको बिषयलाई टुंगो लगाउन संघीय आयोग गठन गर्ने र अन्य बिषयमा नीतिगत सहमति जुटने संभावना देखिएको स्रोतले बतायो । 

संविधान संशोधन र स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न बिहीबर साँझ शीर्ष दलको बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री प्रचण्डले सीमाकंनको विषयपछि टुंगो लगाउने गरी अन्य विषयमा सहमति जुटाएर स्थानीय तहको निर्वाचनमा जुट्न आग्रह गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कमल थापा, एमाले नेताहरु वामदेव गौतम र सुवास नेम्वाङ, मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा, महेन्द्र राय यादव लगायत सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.