कर्णाली रोजगारलाई ६० लाख पाउन्ड

कर्णाली रोजगारलाई ६० लाख पाउन्ड

काठमाडौं : कर्णाली रोजगार कार्यक्रमका लागि बेलायती सहयोग नियोगले ६० लाख स्टर्लिङ पाउन्ड दिने भएको छ । सरकारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दुर्गम मानिएको कर्णाली अञ्चलका ५ जिल्लामा आर्थिक वर्ष २०६३/६४ देखि रोजगार कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

कार्यक्रमका लागि पहिलो दातृ निकाय नियोगले उक्त जिल्लाका साथै बाजुराका ९ वटा गाउँका गरिब तथा विपन्न परिवारका लागि उक्त रकम दिने भएको हो ।उक्त रकम आगामी आर्थिक वर्ष २०७४/७५ देखि लागू हुने भएको हो । बेलायती सहयोग नियोगका नेपालस्थित कार्यालयका निमित्त प्रमुख मार्क स्मिथ र मन्त्रालयका सचिव केदारबहादुर अधिकारीबीच बुधबार सिंहदरबारमा उक्त सम्झौता भएको हो ।

नियोगले प्रदान गर्ने उक्त रकम सरकारले सन् २०१९ को डिसेम्बर महिनाभित्र खर्च गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । मन्त्रालयको कर्णाली रोजगार कार्यक्रमका प्रमुख भूपेन्द्र सापकोटाले कार्यक्रमबाट हालसम्म २ लाख ९८ हजार २ सय १३ लाभग्राहीले ३७ लाख ३१ हजार ९ सय ११ दिन रोजगार पाइसकेको जानकारी दिए । उनका अनुसार १ हजार ६ सय ७५ वटा संरचनामध्ये ग्रामीण सडक, लघु जलविद्युत्, कुलो, खेलमैदान, बगैंचाजस्ता सामुदायिक सम्पत्ति निर्माण भइसकेका छन् ।

कर्णाली रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि २०७१ सालमा मन्त्रालयले कार्यक्रम सञ्चालन निर्देशिका जारी गर्नुका साथै आवधिक अनुगमन, मूल्यांकन, समस्या समाधानका लागि मन्त्रालयका सचिवको अध्यक्षतामा केन्द्रीय समन्वय समिति र प्राविधिक मार्गदर्शनका लागि वैदेशिक सहयोग समन्वय तथा योजना महाशाखा प्रमुख केदारनाथ शर्माको अध्यक्षतामा प्राविधिक समितिसमेत गठन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.