बलवान बाहुबली

बलवान बाहुबली

चलचित्र प्रदर्शन हुनुअघि कतिसम्म चर्चा पाउनसक्छ भन्ने उदाहरण बनेको छ, ‘बाहुबली २' । अहिले सिंगो बलिउडलाई छायामा पारेको यो चलचित्रको टिजर केही दिनअघि रिलिज गरिएको छ । टिजर रिलिज भएको २४ घन्टा नबित्दै पाँच करोडभन्दा धेरैले हेर्न भ्याए । बलिउड इतिहासमा यो आफैंमा एउटा रेकर्ड हो ।

टिजरको आकर्षण र बाहुबलीको पहिलो भागको सफलता र उत्सुकताले दर्शक चलचित्र ‘बाहुबली २'को पर्खाइमा छन् । दर्शकले निर्देशक एसएस राजामौली निर्देशित बाहुबलीको स्वाद बिर्सेका छैनन् । उनको निर्देशकीय चमत्कार सिक्वेलमा पनि झल्केको छ, जुन टिजरले पुष्टि गरिसकेको छ । चलचित्र बाहुबली हेरेपछि सबैमा एउटा उत्सुकता जागेको थियो, कटप्पाले आखिर बाहुबलीलाई किन मार्छन् ? यही उत्सुकताका कारण दर्शक बाहुबलीको दोस्रो संस्करण हेर्न आतुर देखिएका छन् ।

कटक्पाले बाहुबलीलाई मारेको दर्शकलाई थाहा छ तर त्यति विश्वासपात्रले किन मार्छन् भन्ने दर्शकलाई थाहा छैन । चलचित्र प्रदर्शनअगावै यो तथ्य थाहा पाउन सञ्चारमाध्यमले प्रयास गरे पनि चलचित्रमा कटक्पाका भूमिकामा देखिएका कलाकार सत्याराजले ‘निर्देशकले मार भनेर मारेको' भन्ने रमाइलो जवाफ दिएका छन् ।

अप्रिल २८ मा रिलिज हुने यो चलचित्रले चमत्कारी व्यवसाय गर्ने अपेक्षा गरिएको छ । अहिले बलिउडका साथै दक्षिण एसियामात्रै होइन, विश्वका कतिपय मुलुकमा बाहुबलीको ‘हाइप' आकासिएको छ । यसअघि बलिउडको कुनै पनि चलचित्रले यस्तो हाइप नपाएको कतिपय समीक्षकले तर्क गरेका छन् । बाहुबलीमा अभिनय गरेका कलाकार प्रभास, राणा दग्गुबाती, अनुष्का सेट्ठी, राम्या कृष्णन, तमन्ना भाटिया बाहुबली २ मा दोहोरिएका छन् । प्रभास चलचित्रमा शिवादु महेन्द्र बाहुबलीका रूपमा देखिएका छन् । बाहुबली राजकुमारका रूपमा जन्मिएका हुन्छन् । उनी उत्कृष्ट योद्धा र धर्मलाई सबभन्दा महत्ववपूर्ण ठान्छन् ।

बाहुबली हेरेपछि सबैमा एउटा उत्सुकता जागेको थियो, कटप्पाले आखिर बाहुबलीलाई किन मार्छन् ? यही उत्सुकताका कारण दर्शक बाहुबलीको दोस्रो संस्करण हेर्न आतुर छन् । कटक्पाले बाहुबलीलाई मारेको दर्शकलाई थाहा छ तर त्यति विश्वासपात्रले किन मार्छन् भन्ने दर्शकलाई थाहा छैन ।

भारु एक सय ८० करोडभन्दा बढी लागतमा निर्माण गरिएको बाहुबलीले ६ सय ५० करोड भारुको व्यवसाय गरी सबभन्दा धेरै कमाइ गर्ने दक्षिण भारतीय चलचित्रका रूपमा दरिएको थियो । यो चलचित्रको कथा महाभारत र रामायणबाट प्रेरित भएर लेखिएको थियो । चलचित्रमा भाइभाइबीच राजा बन्ने होडलाई राम्रैसँग चित्रण गरिएको थियो ।

बाहुबलीबाट लोभलाग्दो रूपमा छाएका नायक प्रभास अहिले बलिउडमा आकर्षणको पात्र बनेका छन् । उनको उत्कृष्ट अभिनय कलालाई सबैले मन पराएका छन् । उनले यस चलचित्रका लागि ‘बडी ट्रान्सफर्मेसन'को तालिमसमेत लिएका थिए । त्यसैगरी मार्सल आर्टलगायत विभिन्न प्रशिक्षण लिएका थिए । शारीरिक सुगठनका लागि उनले आफ्नो घरमै डेढ करोड भारु खर्च गरेर जिम हल तयार गरेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.