नेपाली कथा मनपर्यो प्रियंका चोपडालार्इ
काठमाडाैं: पूर्वविश्वसुन्दरी एवं बलिउड अभिनेत्री प्रियंका चोपडाको ख्याति हलिउडसम्म छाइसकेको छ । बलिउडमा नम्बर वान नायिकाको दौडमा रहेकी उनलाई आफ्नो चलचित्रमा अभिनय गराउन खोज्ने निर्माता निर्देशकको कमी छैन । तर, प्रियंका भने नेपाली कथाप्रति आकर्षित भएकी छन् । केही महिनाअघि आफ्नो निर्माण कम्पनी ‘पर्पल पेबल प्रोडक्सन’मार्फत नेपाली चलचित्र निर्माण गर्न लागेको खुलासा गर्दै उनले धेरैलाई आश्चर्यमा पारेकी थिइन् ।
प्रियंकाले सिक्किमेली नेपाली चलचित्र बनाउन लागेकी हुन् । आफ्नो चलचित्रको नाम उनले ‘पाउ’ (पाहुुना) राखेकी छन् । चलचित्र अभिभावकसँग छुुट्टिएको एउटा बालकको जीवन र उसको भोगाइका बारेमा आधारित हुने बताइएको छ । सन् २०१४ मा चलचित्र ‘मेरी कोम’मा अभिनय गरेपछि दक्षिण भारतीय कथा, संस्कृति र रहनसहनप्रति उनको आत्मीयता बढेको थियो । त्यसपछि त्यस्तै प्रभावकारी चलचित्र बनाउन उनी नयाँ विषयको खोजीमा थिइन् ।
प्रियंका आसाम बोर्डको राजदूतमा चयन भएपछि उनी सिक्किमेली नेपाली चलचित्र बनाउन आकर्षित भएकी हुन् । प्रियंका र उनकी आमा भ्रमणका क्रममा आएका बेला त्यहाँ स्थानीयवासीको प्रतिभा देखेर चलचित्र बनाउने मुुडमा पुुगेका हुन् । उनीहरूले चलचित्रमा स्थानीयवासीलाई नै अभिनय गराउने निर्णय पनि गरेका छन् । प्रियंकाले आफूले स्थानीय बासिन्दाको प्रतिभा प्रवद्र्धन गर्न चाहेको बताएकी छन् ।
अन्तर्राष्ट्रिय रूपमा सफलता र चर्चा कमाएकी प्रियंकालाई उनकी आमा डा. मधुु चोपडाले हरेक कुरामा साथ दिँदै आएकी छन् । प्रियंकाले भोजपुुरी चलचित्र ‘बम बोल रहा हे किसी’मा लगानी गरेपछि मराठी चलचित्र ‘भेन्टिलेटर’ पनि निर्माण गरिन् । प्रियंकाको पञ्जाबी चलचित्र ‘सारभन’ पनि अहिले रिलिजको तयारीमा छ । उनले राजस्थानी र छत्तीसगढी चलचित्रसमेत बनाउने इच्छा व्यक्त गरेकी छन् । प्रियंकाले निर्माण गर्ने नेपाली चलचित्र अहिले नेपाली चलचित्रप्रेमीका लागि चासोको विषय बनेको छ ।
सन् २००२ मा तमिल चलचित्र ‘थमिजान’ हुँदै बलिउडमा डेब्युु गरेकी प्रियंकाको करिअरले अहिले लोभलाग्दो उचाइ हासिल गरिसकेको छ । सानो हुँदा उनी इन्जिनियर बन्न चाहन्थिन् । त्यसपछि उनको मन क्रिमिनल साइकोलोजिस्टतिर मोडियो । तर, अठार वर्षको उमेरमै विश्वसुुन्दरीको ताज चुमेपछि उनको करिअरले युटर्न लिएको हो । त्यसपछि उनी बलिउड प्रवेश गरेकी हुुन् ।
आर्मीको परिवारमा हुुर्केकी प्रियंकाले भारत र अमेरिकाका विभिन्न स्थानमा बाल्यकाल बिताएकी हुन् । ‘जंक फुुड’की पारखी उनलाई पिज्जा र फ्रेन्च फ्राई मन पर्ने परिकार हुन् । अमेरिकी टेलिभिजन सिरिज ‘क्वान्टिको’मा समेत अभिनय गरी ‘पिपुुल च्वाइस अवार्ड’समेत हात पार्न सफल उनी गायनमा पनि दखल राख्छिन् ।