पञ्जाबी स्वादमा फ्युुजन
आज शुुक्रबार । गुुड फ्राइडे कतै होटेल रेस्टुुराँमा मनाउने मुुडमा हुुनुुहुुन्छ ? तपाईं काठमाडौंमा हुुनुुहुुन्छ भने होटेल हायात रिजेन्सी आज तपाईंलाई नयाँ स्वाद पस्कन पर्खेर बसेको पाउनुुहुुनेछ । आजबाट करिब आठ दिन हायात रिजेन्सीले आफ्नो दी क्याफेमा पञ्जाबी फुड फेस्टिवल गर्दैछ जहाँ पञ्जाबी मौलिक स्वादमात्रै नभएर त्यसलाई फ्युुजन गरिएको नयाँ स्वादसमेत यहीँबाट सुुरु हुुन लागेको हो ।
धेरैलाई स्टार होटेलको बसाइ, खवाइ महँगो हुुन्छ भन्ने लाग्नसक्छ । ‘त्यही मनोविज्ञान कम गर्न र नयाँ पुुस्तालई नयाँ स्वाद चखाउन पञ्जाबी फुड फेस्टिवल गर्न लागेका हौं’, हायातकी मार्केटिङ कम्युुनिकेसन म्यानेजर मोहिनी श्रेष्ठले भनिन्, ‘यो फेस्टिवल सबैका लागि हो । विशेषगरी राजधानीमा भएका स्थानीय पाहुुनाका लागि लक्षित छ ।’
उसो त होटेल हायात रिजेन्सीले हरेक महिना कुुनै न कुुनै फुड फेस्टिवल गरिरहेको हुुन्छ । यसपटक भने खानाका पारखीलाई विशेष र फरक शैलीको स्वाद पस्कन यो फेस्टिवल गर्न लागेको श्रेष्ठले बताइन् । आज २४ मार्चदेखि ३१ मार्चसम्म चल्ने पञ्जाबी फुड फेस्टिवलमा नयाँ स्वादको निर्माण भने हालै एक्जुुकेटिभ सेफका रूपमा आएका सन्तोषकुुमार कोराडीले गर्नेछन् । खानाकै दुुनियाँमा जीवनका १४ वर्ष विदेशमा बिताएका कोराडी आफ्नो कलनरी टिमसँग मिलेर पञ्जाबी मौलिक खाना र त्यसलाई फ्युुजन गरिएको खाना पस्कँदैछन् ।
फुड फेस्टिवलमा शाकाहारी र मांसाहारी दुुवैलाई उत्तिकै महत्व दिइएको छ । आठदिने फुड फेस्टिवलका लागि तयार पारिएको वेलकम ड्रिंकदेखि मिठाईसम्म पञ्जाबी स्वादकै रहने सेफ कोराडीले बताए । हरेक दिन साँझ साढे ६ बजेदेखि १० बजे रातिसम्म चल्ने फेस्टिवलमा माछा अमृतसरी, तावा किमा कलेजी, पटियाला शाहीसिकेत, मिनी कोचारी, समोसा चाट, आलुु पापडी चाट, बदामी सोर्वा, मुुर्गा मखनी, तलामी गोस्ट, राज्मा दाल, केशरी जलेबी राखिनेछ ।
संसारभरि खानाका पारखी पढ्दै गएको अवस्थामा यी परिकार हायातले आफ्ना होटेलका पाहुुनालाई मात्र नभएर राजधानीमा भएका आमउपभोक्तालाई नयाँ स्वादका रूपमा पस्कन लागेको हो । यसअघि पनि हायातले साउथ इन्डियन खाना, पिज्जा, पास्ता, विन्टर फुड फेस्टिबल गरेको थियो । तर, तीभन्दा पञ्जाबी फुड फेस्टिवलमा करिब दर्जन देशमा अनुुभव सँगालेका सेफ कोराडीले नयाँ स्वाद पस्कन लागेको कम्युुनिकेसन म्यानेजर श्रेष्ठले बताइन् ।
के हुुन्छ नयाँ ?
एक्जुुकेटिभ सेफका रूपमा हालै हायात रिजेन्सी आएका सन्तोष कुुमार कोराडीले करिब एक दर्जन देशमा आफ्नो खाना कला देखाइसकेका छन् । उत्तर भारतको जमसदपुुरमा जन्मिएका कोराडी २२ वर्षदेखि यही पेसामा छन् । हस्पिटालिटीमै उच्च शिक्षा लिएका उनले दुुबई, बहराइन, इजिप्ट, केन्या, नैरोबी लगायतका रेसकाल्टन, वेस्टिन दुुबई, जुुमेरा मैदान, किम्पिनस्कीजस्ता नामुुद होटेलमा काम गरिसकेका छन् । नेपालीमाझ नयाँ स्वाद चखाउन उनी यति बेला हायात आएको बताउँछन् ।
‘हरेक कुुरामा क्रान्ति हुुन्छ’, सेफ केराडीले भने, ‘खानामा किन हुुँदैन, म त्यही क्रान्ति खानामा ल्याउन चाहन्छुु ।’ अर्थात् उनी स्वादमा नयाँपन ल्याउने दाबीसहित पञ्जाबी फुड फेस्टिवलको तयारी गरेको बताउँछन् । पञ्जाबी मौलिक खानाबाहेक उनी भेज कबाब, पञ्जाबी दालमखनीलाई कुुल्फीसँग फ्युुजन गरेर मोडर्न पञ्जाबी बनाउन चाहन्छन् । कबाबसँग गार्लिक, रोजमेरी, आइबोली सस पस्किएर स्वादको नयाँ आयाम थप्न चाहन्छन् । पानीपुुरीलाई नै मोक्की, स्विटनेस, सावरनेस र चिज फ्लेबरमा पस्किएर पाहुुनाको मन जित्ने योजनामा छन् ।
वेलकम ड्रिंक्समा उनले केशरी लस्सी, अनानसका पानी, जलजिरा र महीको तयारी गरेका छन् । तिनको स्वादमा नयाँ र ताजापन पाइन्छ । कबाबमा हरा कबाब, भुुट्टेकी कबाब, जफरानी पनिर टिक्का शाकाहारीका लागि तयार पारेका छन् । मांसाहारीलाई लाम्ब सेक, मुुर्गलासोनी, माही टिक्का, रोजम्यारी गार्लिक आयोली लगायतका स्वादको तयारी गरेका छन् ।
यी सबै परिकार नेपाली जिब्रोका लागि नयाँ स्वाद हुुने विश्वास सेफ कोराडीको छ । ‘नयाँ पुुस्ताका लागि यो नयाँ छनोट हुुनसक्छ’, उनले भने, ‘म खानामा नयाँ क्रान्ति ल्याउन चाहन्छुु, त्यो हायातबाट सुुरु गर्ने मेरो प्रयास हो ।’ स्टार लेबलको होटेल भए पनि यी परिकारहरूको स्वाद लिन त्यति महँगो भने नपर्ने मार्केटिङ कम्युुनिकेसन म्यानेजर मोहिनी श्रेष्ठले बताइन् । कर शुुल्कबाहेक यी परिकारको स्वाद लिन प्रतिव्यक्ति दुुई हजार मूल्य तोकिएको छ ।
हालै वल्र्ड ट्राभल अवार्डद्वारा पुुनः ‘नेपालको अग्रणी होटल २०१७’ मा मनोनीत भएको हायात रिजेन्सीले खानामा नयाँपन ल्याउन यी फेस्टिवल निरन्तर गर्ने पनि श्रेष्ठले जानकारी गराइन् । यसअघि पनि ११ पटक उक्त अवार्ड हात पारेको हायातले पाहुुनाको सेवा र सत्कारमा थप उत्कृष्टता प्रदान गर्दै जाने पनि श्रेष्ठको प्रतिबद्धता छ । त्यसैले तपाईं यति बेला राजधानीमा गुुड फ्राइडे मनाउने योजनामा हो भने हायातको पञ्जाबी फुड फेस्टिवल तपाईंका लागि नयाँ स्वादको मौका हुुनसक्छ ।