१२.९ प्रतिशत ब्याजदरमा जेसीबी मेसिन
काठमाडौं : नेपालका लागि जेसीबी हेभी इक्विपमेन्ट तथा कन्स्ट्रक्सन मेसिनको आधिकारिक बिक्रेता एमएडब्लू अर्थमुभर्सले जेसीबी मेसिन खरिदमा सरल फाइनान्स सुविधा ल्याएको छ । नयाँ योजनाअनुसार जेसीबी ब्रान्डका कुनै पनि मेसिन खरिद गर्दा न्यूनतम १२.९ प्रतिशत ब्याजदरमा कर्जासुविधा उपलब्ध गराएको छ । देश विकास र पूर्वाधार निर्माणजस्ता महत्वपूर्ण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्ट मेसिनको बैंक फाइनान्सिङमा समस्या देखिएको अवस्थामा एमएडब्लू अर्थमुभर्सले फाइनान्स सुविधा ल्याएको हो । योसँगै जेसीबी मेसिन खरिद गर्न चाहने ग्राहकले न्यूनतम १२ दशमलब ९ प्रतिशतदेखि अधिकतम १६ प्रतिशत ब्याजदरमा जेसीबीका मेसिन खरिद गर्न सक्नेछन् ।
एमएडब्लू अर्थमुभर्सका बजार प्रबन्धक सञ्जीव देउजाका अनुसार जेसीबीका मेसिन सडक, राजमार्ग, जलविद्युत्, विमानस्थललगायत महत्वपूर्ण निर्माण कार्यमा प्रयोग हुँदै आएको छ । अहिले देशमा तरलता संकट देखिएको र उक्त संकटले विकास निर्माणको काममा कुनै बाधा नपुर्याओस् भन्ने उद्देश्यले कम्पनीले यस्तो सुविधा ल्याएको जनाइएको छ । यस योजनामा कम्पनीले बैंकले उपलब्ध गराउने ब्याजदरभन्दा पनि कम ब्याजदरमा मेसिन उपलब्ध गराएको छ । यो सुविधाबाट निर्माण व्यवसायी र हेभी इक्विपमेन्ट व्यवसायी लाभान्वित हुने र तरलता संकटका कारण रोकिएको निर्माण कार्य सुचारु हुने अपेक्षा कम्पनीले लिएको छ ।
जेसीबीका नेपाली बजारमा एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअललगायत उत्पादन छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट पर्फमेन्स भएका कारण यी मेसिन लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । एमएडब्लू अर्थमुभर्सले देशभर ११ वटा स्थानबाट 'थ्री एस' सुविधा दिनेछ । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ ।