हिमालयको तेस्रो जहाज नेपाल आउँदै

हिमालयको तेस्रो जहाज नेपाल आउँदै

काठमाडौं : निजी हवाई सेवा प्रदायक कम्पनी हिमालयको तेस्रो एयरबस चैत १८ गते नेपाल आउने निश्चित भएको छ । एयरलाइन्सले जहाजको निर्माण कार्य सम्पन्न भएको र टेस्ट फ्लाइटसमेत भइसकेको छ । डेढ महिनाअघि मात्रै दोस्रो एयरबस ल्याएको हिमालयले मलेसिया र म्यानमार उडान सुरु गरिसकेको छ।

हिमालयले तेस्रो जहाज आएपछि दमामलगायत एसियाका विभिन्न गन्तव्यमा उडान भर्ने तयारी गरेको छ । एयरलाइन्सले ल्याउन लागेको एक सय ५८ सिट क्षमताको ३२०-२१४ सिरिजको एयरबसको कल साइन नाइनएनएएलडब्लू छ । हिमालयले तेस्रो जहाजको उडान अप्रिलदेखि नै सुरु गर्ने बताएको छ ।

हिमालयले एयरबस कम्पनीबाटै सिँधै नयाँ विमान खरिद गर्न लागेको न्यारोबडी उक्त विमान जर्मनीको ह्याम्बर्गमा निर्माण भएको र टेस्ट फ्लाइट पनि सम्पन्न गरिसकेको एयरलाइन्सले जनाएको छ ।२०७१ सालमा नेपाल-चीनको सयुक्त लगानीमा स्थापित हिमालयले तीन वर्ष नपुग्दै तेस्रो विमान ल्याउने निश्चित भएको हो ।

एयरलाइन्सले यही सिरिजको विमान सन् २०१५ को मार्चमा पहिलो विमान ल्याएको थियो । त्यस्तै कम्पनीले दोस्रो विमान माघमा ल्याएको थियो । तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी रहेको हिमालयले २०७३ जेठदेखि दोहा, कतार र अक्टोबरदेखि कोलम्बो उडान सुरु गरेको थियो । यसैगरी माघ २८ गतेबाट मलेसिया तथा म्यानमार उडान सुरु गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.