एनआईसी एसिया क्यापिटललाई धितोपत्र अनुमति
काठमाडौं : एनआईसी एसिया बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिहीबारदेखि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र निक्षेपको लागि अनुमति प्रदान गरेको छ । योसँगै हाल एनआईसी एसिया बैंक लिमिटेडबाट दिँदै आएको धितोपत्र निक्षेपसम्बन्धी सम्पूर्ण सेवा क्यापिटलले प्रदान गर्ने जनाएको छ ।
एनआईसी एसिया बैंक विगत दुई वर्षदेखि धितोपत्र निक्षेप सेवा प्रदान गर्दै आएको एक अग्रणी संस्था हो । एनआईसी एसिया क्यापिटल लिमिटेडले उक्त सेवालाई अझ बढी प्रभावकारी बनाउने योजनाका साथ क्यापिटल कम्पनीको सुरुवात गरेको हो । सेवाग्राहीले एनआईसी एसिया क्यापिटल लिमिटेडको सिद्धार्थ इन्सुरेन्स भवन, बबरमहलस्थित कार्यालयबाट तथा एनआईसी एसिया बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोल्न तथा सञ्चालन गर्न सकिने संस्थाले जनाएको छ ।