गोयनका गु्रपको बिक्रेता भेटघाट

गोयनका गु्रपको बिक्रेता भेटघाट

काठमाडौं : गोयनका गु्रपअन्तर्गत सञ्चालित गोयनका स्टिल्स प्रालि र गोयनका सिमेन्ट प्रालिको बिक्रेता भेटघाट समारोह गत शुक्रबार भैरहवामा सम्पन्न भएको छ । उक्त भेलामा गोयनका सिमेन्ट र स्टिल्सका काठमाडौं उपत्यका, बनेपा, त्रिशुली, धादिङ, बुटवल, भैरहवा, तौलिहवा तथा परासी क्षेत्रका बिक्रेताको उल्लेखनीय सहभागिता थियो ।

कम्पनीका अध्यक्ष रामगोपाल गोयनका र निर्देशक अजय गोयनका तथा अमितकुमार गोयनकाले भैरहवालाई कार्यथलो बनाई ५४ वर्षदेखि व्यापार गर्दै आएको र आफ्नो गु्रपको उत्पादन छड तथा सिमेन्ट उच्चकोटीको हुने हुँदा नेपाल अधिराज्यभरी अत्यधिक माग रहिआएको बताए । नियमित रूपमा निजी तथा सरकारी योजनामा आपूर्ति भइरहेको बताउँदै उनले कम्पनीले हाल नेपाल गुणस्तर बमोजिम एफई ५०० ग्रेडका गोयनका गोल्ड टीएमटी बार र ओपीसी, पीपीसी तथा पीएससी सिमेन्ट उत्पादन गरिरहेको बताए । साथै कम्पनीले चाडै भूकम्पप्रतिरोधी भवन निर्माणका लागि एफई ५०० डी ग्रेडका फर्मा टीएमटी पनि उत्पादन गर्ने लक्ष्य लिएको बताए ।


कार्यक्रमका प्रमुख अतिथि सीपी हिङगोरानीले गोयनका स्टिलको कारखाना अत्याधुनिक रहेको र यसका उत्पादन उच्च गुणस्तरका भएको बताए । सोही कार्यक्रममा कम्पनीका बिक्रेताले गोयनका समूहले उचित मूल्यमा उत्कृष्ट गुणस्तरका छड तथा सिमेन्ट माग भएको समयमा आपूर्ति गर्ने बताए । कम्पनीले उक्त कार्यक्रममा आफ्ना उत्कृष्ट बिक्रेता तथा कर्मचारीलाई सम्मान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.