प्रभु बैंक र एनसीएम मर्चेन्टबीच सम्झौता

प्रभु बैंक र एनसीएम मर्चेन्टबीच सम्झौता

काठमाडौं : प्रभु बैंक लिमिटेड र एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता भएको छ । पुस ८ गते बसेको बैंकको पन्ध्रौं वार्षिक साधारणसभाले पारित गरेको १० कित्ता बराबर चार अर्थात् चुक्ता पुँजीको ४० प्रतिशतले हुन आउने दुई करोड ३५ लाख २५ हजार ६ सय आठ कित्ता हकप्रद सेयर निष्कासन गर्न एनसीएम मर्चेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सेरचन र एनसीएम मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.