पोखरा फाइनान्सको झोला खाता अभियान
काठमाडौं : पोखरा फाइनान्स लिमिटेडले एक खाता एक झोला अभियानको थालनी गरेको छ । फाइनान्स २१ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा वित्तीय साक्षरता तथा सफा नोट अभियानसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थाले उक्त अभियानमार्फत जनचेतना अभिवृद्धिका लागि प्रभातफेरि गर्नुका साथै कालावाङ घडेरी तमु समाज, विरौटा पोखरा तथा घान्द्रुक गैरीगाउँमासमेत कार्यक्रम आयोजना गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्वअन्र्तगत प्लास्टिक झोलामुक्त अभियानका लागि एक खाता एक झोलाअन्तर्गत नयाँ खाता खोल्ने ग्राहकलाई से नो टु प्लास्टिक ब्याग लेखेको झोला वितरण गर्न थालेको हो ।
अधिकृत पुँजी ९४ करोड एवं चुक्ता पुँजी ५५ करोड ७४ लाख करोड रुपैयाँ रहेको यस वित्तीय संस्थाले थप पुँजी वृद्धिका लागि निकट भविष्यमा नै साधारण सेयरको नयाँ निष्कासन गर्ने प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।