कांग्रेसले दियो सहिद गौतमका परिवारलाई ७ लाख रुपैयाँ

कांग्रेसले दियो सहिद गौतमका परिवारलाई ७ लाख रुपैयाँ

धनगढीः कञ्चनपुर पुर्नबास–८ का सहिद गोविन्द गौतमको परिवारलाई नेपाली कांग्रेसले सात लाख रुपैयाँ सहयोग गरेको छ।

गत फागुन २६ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर ज्यान गुमाएका गौतमको परिवारलाई कांग्रेसले सात लाख रुपैयाँ सहयोग गरेको हो। उक्त रकम शनिबार गौतमकी पत्नीलाई कांग्रेस नेतासमेत रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले हस्तान्तरण गरेका हुन्।

सोही कार्यक्रममा गृहमन्त्री निधिले सरकारका तर्फबाट १० लाख रुपैयाँको चेक गौतमकी पत्नीलाई हस्तान्तरणसमेत गरेका थिए। कल्भर्ट निर्माणको विषयलाई लिएर भएको विवादका क्रममा एसएसबीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो। यसअघि गौतमका परिवारलाई नेकपा एमाले र नेकपा माओवादीले पनि सहयोग गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.