योगी आदित्यनाथले भने, 'जातिको नाममा कसैलाई पनि भेदभाव गर्ने छैनौ'

योगी आदित्यनाथले भने, 'जातिको नाममा कसैलाई पनि भेदभाव गर्ने छैनौ'

एजेन्सी: उत्तर प्रदेशको मुख्‍यमन्त्री बनेपछि योगी आदित्यनाथ पहिलो पटक शनिबार गोरखपुर पुगेका छन्। उनले एयरपोर्टदेखि काली मन्दिसम्‍म रोड शो गर्दै गोरखपुर पुगेका हुन्।

एमपी इन्टर कलेजमा एउटा स्वागत भाषण गर्दै मूख्‍यमन्त्री आदित्यनाथले भने, 'मलाई मात्र केही कुरा गर्नु छ। हामी सबै विकासको नाममा काम गर्नेछौ। तर हामी जातिको नाममा कसैलाई पनि भेदभाव गर्ने छैनौ।विकास सबैका लागि हुन्छ।क्षति कसैलाई हुनु हुँदेन। यो मेरो विश्‍वास र प्रतिवद्धता हो।'

यसका साथै उनले युवा युवतीलाई सँगै बसेको देखेर रोमियो-जुलियटको नाममा प्रहरीले अब बाधा नगर्ने समेत जिकिर गरे। यस्तै उनले पीडब्ल्यूडी विभागले १५ जुनसम्म उत्तर प्रदेशको सबै सडक धुलोधुवा मुक्त हुने लक्ष्‍य लिएको बताए। साथै उनले कैलाश मानसरोवर यात्रामा जाने यात्रीलाई एक लाख रुपैया दिनेघोषणा समेत गरे।

उनले यो सम्मान आफ्नो नभइ उत्तर प्रदेशको २२ करोड जनताले गरेको दाबी गरेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको आह्‍वानमा विजेपी अध्‍यक्ष अमित शाहको रणनीतिले उत्तर प्रदेशमा प्रचण्ड भोट पाएको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.