साओमीको एमआई नोट-२ सार्वजनिक

साओमीको एमआई नोट-२ सार्वजनिक

काठमाडौं : साओमीले आफ्नो नयाँ उत्पादन एमआई नोट-२ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले मोबाइल उत्पादनमा फड्को मार्दै नविनतम प्रविधियुक्त एमआई मिक्स पछिको प्रिमियम फोनको रूपमा एमआई नोट-२ सार्वजनिक गरेको हो । साओमीको नेपालका लागि आधिकारिक बिक्रेता शारदा गु्रपअन्तर्गतको बत्सल इम्पेक्स प्रालिले गत वर्षदेखि बजारमा सोओमीका स्मार्टफोन बिक्रीवितरण गर्दै आएको छ ।

नेपाली बजारमा भित्रिएको एक वर्षको अवधिमा साओमीको उत्पादनले उत्साहजनक सफलताले पाएको छ । साओमीका स्मार्टफोन र विभिन्न इलेक्ट्रोनिक सामग्रीको लागि आधिकारिक अनलाइन स्टोरको रूपमा साओमी नेपाल डट कम डट एनपी रहेको कम्पनीले जनाएको छ । कम्पनीले बजारमा ल्याएको नयाँ समार्टफोनको दुवै साइडमा कर्भ विशेषता छ । फोनमा ५.७ इन्च ओएलईडी डिस्प्ले, ६ जीबी र्याम, १२८ जीबी रोम छ ।

२२.५६ मेगापिक्सल रियर क्यामरा रहेको यस स्मार्टफोनमा आठ मेगापिक्सल अटोफोकस फ्रन्ट क्यामार छ । ४०७० एमएएच ब्याट्री रहेको यस स्मार्टफोनमा प्रयोग भएको ब्याट्री चार गुणा चाडो चार्ज हुने कम्पनीले जनाएको छ । कम्पनीले एमआई नोट-२ को पहिलो चरणमा चैत १० गतेदेखि १५ सम्म बुकिङ खुला गरेको छ ।

यस फोनको उपभोक्ता मूल्य ७६ हजार नौ सय ९९ रुपैयाँ छ । बुकिङ अवधिभर कम्पनीले एमआई नोट-२ किन्ने उपभोक्तालाई चार हजार चार सय ९९ रुपैयाँ बराबरको एमआई ब्यान्ड-२ फोन नि:शुल्क प्रदान गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.