सिद्धार्थको शाखा जनकपुरमा
काठमाडौं : सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ३६ औं शाखा धनुषाको भानुचोक, जनकपुरमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर शाह र बैंक सञ्चालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले सयुक्त रूपमा गरेका छन् । कार्यक्रममा बैंकका अध्यक्ष भण्डारीले उक्त शाखाबाट सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सकिने बताए ।
त्यस्तै जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शाहले बैंकले सामाजिक उत्तरदायित्वमासमेत ध्यान दिनुपर्ने उल्लेख गरे । उक्त शाखाको सञ्चालनसँगै बैंकले उक्त स्थानमा एटीएम सेवा पनि सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मि श्रले बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै जाने बताए । साथै उनले बैंक तथा वित्तीय संस्थाको संस्थागत सुशासनमा ध्यान पुर्याउने र गाउँकेन्द्रित सेवाको विस्तारलाई प्राथमिकतामा राख्ने बताए ।