वातावरणा जोगाउँन कार्ल्सबर्गको अभियान

वातावरणा जोगाउँन कार्ल्सबर्गको अभियान

काठमाडौं : कार्ल्सबर्गले अर्थआवरमा १० औं पटक सहभागिता जनाएको छ । विश्वभरि नै वातावरण परिवर्तनसम्बन्धी ध्यानाकर्षणका लागि कार्ल्सबर्ग ग्रुपद्वारा लाखौं मानिस र व्यवसायसँग मिलेर शुक्रबार राति ८:३० देखि ९:३० बजेसम्म बु्रअरी, कार्यालय, बिलबोर्ड, गोदाम र गराजका साथै अन्य लोकेसनको अनावश्यक लाइट एक घन्टाका लागि बन्द गरिएको कम्पनीले जनाएको छ ।

कार्ल्सबर्ग ग्रुपले योसँगै १० औं पटक यस इभेन्टमा सहभागिता जनाएको हो । उक्त कार्यक्रममा १७ वटाभन्दा बढी कार्ल्सबर्ग कम्पनी र ४५ वटा बु्रअरी कम्पनीले सहभागी भएका थिए । कार्ल्सबर्गले सार्वजनिक गरेको २०१६ सस्टेनेबिलिटी रिपोर्टअनुसार विगत वर्षमाजस्तै इनर्जी, कार्बन, वाटर, रेस्पोन्सिबल ड्रिंकिङ तथा हेल्थ र सेफ्टीबारे सम्पूर्ण विवरण प्रस्तुत गरिएको छ ।

 ग्लोबल क्याम्पियनमा सहभागी भएर कार्ल्सबर्ग ग्रुपले अर्थआवरको मात्र नभएर वातावरण परिवर्तन विरुद्धको आफ्नो लडाइ, दिगो विकास र वातावरणीय सुपरिवेक्षणसम्बन्धी प्रतिबद्धता पूरा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.