इराकको मोसुलमा हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु

इराकको मोसुलमा हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु

इराकः उत्तरी इराकको इस्लामिक स्टेट (आईएस) जिहादी समूहको प्रभाव क्षेत्र पश्चिम मोसुलमा सरकारी सुरक्षा कारबाहीका क्रममा पछिल्ला केही दिनमा दर्जनौँ सर्वसाधारणको समेत मृत्यु हुन पुगेको इराकी अधिकारीले शनिबार बताएका छन् ।

सेनाको हवाई आक्रमणमा मोसुल सहरमा केही सर्वसाधारणको समेत मृत्यु भएको नाइनमेह प्रान्तीय आयोगका प्रमुख बसार अल किकीले बताए । उनले सहरमा हवाई आक्रमणबाट भत्किएका भवनका भग्नावशेषमा दर्जनौँ मृत शरीर फसेको पुष्टि गरे ।

यसैगरी प्रान्तीय गभर्नर नाफल हमादीले आतङ्कवादी विरुद्धको सुरक्षा कारबाहीमा केही दिनयता १३० जनाभन्दा बढी सार्वसाधारणको मृत्यु भएको बताए ।

इराकी नाइनमेह प्रान्तको राजधानी मोसुलमा भएका हताहतीबारे स्वतन्त्र रुपमा पुष्टि गर्ने वातावरण भने अझै छैन ।  तर संयुक्त राष्ट्रसङ्घले मोुरलमा भएका हालैका हवाई कारवाहीमा मत्यु हुनेको सङ्ख्या योभन्दा निकै धेरै भएको जनाएको छ । राष्ट्रसङ्घले सेनाको सुरक्षा कारबाहीमा करिब ३०० मानिसको मृत्यु भएका तथ्याङ्क आफुले प्राप्त गरेको जनाएको छ । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.