कांग्रेस बैठकमा हिन्दु राष्ट्रको प्रस्ताव दर्ता
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संविधान संशोधन गरी नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने प्रस्ताव दर्ता भएको छ ।
आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले यस्तो प्रस्ताव दर्ता गरेका हुन् । खड्काको प्रस्तावमा अरु केन्द्रीय सदस्यहरुले पनि मौखिक समर्थन गरेको प्रस्तावका पक्षधर नेताले बताएका छन् ।
खड्काले पार्टीभित्र र बाहिर नेपाललाई हिन्दुराष्ट्र कायम गराउँनु पर्ने माग निरन्तर उठाउँदै आएका छन् । उनको यो अभियानलाई नेपाली कांग्रेसका थुप्रै नेता–कार्यकर्ताले साथ र समर्थन दिने गरेका छन् ।