ढिस्कोमा पुरिएर तीन घाइते

ढिस्कोमा पुरिएर तीन घाइते

बझाङः नजिकिँदै आएको नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो लिन गएका स्थानीयवासी तीन महिला माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् ।

खप्तड छान्ना गाउँपालिका–७ बस्ने ४० वर्षीया बुदीदेवी चौहान भने गम्भीर घाइते भएकी छन् । घाइते चौहानको भित्री शरीरमा गम्भीर चोट लागेको छ । उनको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिप्रकाले जनाएको छ ।

सोही गाउँपालिका–३ बस्ने राधा रोकाया र सीता रोकाया सामान्य घाइते भएकामा नजिकको स्वास्थ्य चौकीमा उपचार गरी ठीक भएको घाइतेका आफन्तले बताएका छन् । उनीहरु शनिबार दिउँसो घरभन्दा एक घन्टा टाढा रहेको माटी खानमा माटो लिन गएका थिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.