श्रद्धाञ्जलि सभामा मधेसी नेताको आक्रोश : माग सम्बोधन नभए प्रलय हुन्छ

श्रद्धाञ्जलि सभामा मधेसी नेताको आक्रोश : माग सम्बोधन नभए प्रलय हुन्छ

राजविराज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले मधेसको मुद्दा सम्बोधन नगरी चुनावमा गए प्रलय आउने बताएका छन्। सप्तरी घटनामा मृत्यु भएकाको सम्झनामा आइतबार गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रको उत्तरतर्फको खेतमा भएको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन्।

सहिद परिवार र घाइतेलाई दोसल्ला ओढएर सम्मान गरिएको सभालाई मोर्चा आबद्ध नेताले मधेसको मुद्दा सम्बोधन नभई हुने स्थानीय चुनाव एमाले, कांग्रेस, माओवादी र देशकै लागि घातक सिद्ध हुने बताए।

सभालाई सम्बोधन गर्दे मोर्चाका संयोजक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनको केन्द्रीय मुद्दा राज्य पुनर्संरचनाको हल नगरी मधेसको समस्या समाधान नहुने बताए। प्रधानमन्त्री प्रचण्डको बोलीको ठेगान नभएको भन्दै उनले धेरै पटक लिखित सहमति भयो, अब कार्यान्वयन भए मात्र चुनाव हुने बताए।

तमलोपाको अध्यक्ष महन्थ ठाकुरले हजारौं वर्षको मधेसको इतिहासलाई अस्वीकार गरे खसआर्यको पनि अस्तित्व नरहने बताए। एमाले मधेसको मुद्दाको विरोधमा र सरकारमा सामेल तीन दल तीन तिर फर्किएकोले समस्या सम्बोधन हुन नसकेको उनको आरोप थियो।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द महतोले एमालेले पहाडमा कार्यक्रम गर्नुपर्नेमा जबरजस्ती मधेसमा गरेर गोली चल्ने अवस्था सिर्जना भएको आरोप लगाए। उनले एमाले मुक्त मधेस बनाए, कांग्रेस र माओवादीलाई विदाई गरेमात्र अधिकार पाइने बताए।

अन्य नेताहरुले शोकलाई शक्तिमा बदल्दै मधेसको सम्पूर्ण शक्तिलाई एउटै झण्डामुनी गोलबद्ध हुनुपर्ने आवश्यक्ता औल्याएका छन्। सभामा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, रामसपाका अध्यक्ष शरदसिंह भण्डारी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादव, नेसपाका अध्यक्ष अनिल झाले मधेसका दलको एकतामा जोड दिँदै समस्या सम्बोधन नभएसम्म मधेसमा चुनाव हुन नदिने बताए।

सभामा संघीय लिम्बुवान मञ्च नेपालका कुमार लिङ्गदेन, ताम्सालिङ्ग संयुक्त संघर्ष समितिका जय गोले र जनजाती नेता लाक्पा शेर्पाले मधेस आन्दोलन राष्ट्रिय आन्दोलन बनेको बताए।

नेकपा (एमाले)का मेची–महाकाली राष्ट्रिय अभियान विथोल्ने क्रममा फागुन २३ गते प्रहरीसँग भएको झडपमा गोली लागेर मलेठका सञ्जन मेहता, वीरेन्द्र महतो, पिताम्बर मण्डल, प्रसवनीका आनन्दकुमार साह, र जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.