अनिकालले भेनेजुएलामा हाहाकार

अनिकालले भेनेजुएलामा हाहाकार

काराकसः भेनेजुएलाको सरकारले आर्थिक स्थिति नियन्त्रण बाहिर जान थालेपछि रेस्टुराँ र बेकरीमा छापा मार्न सुरु गरेको छ । सरकारले कैयौं फुड लाइन्स स्टोरलाई पनि नियन्त्रणमा लिएको छ । हालैमात्र सात सयभन्दा बढी बेकरीमा छापा मारेको हो ।

लामो समयदेखि कम्युनिस्ट शासनसत्ता रहेको भेनेजुएलामा आर्थिक एवं खाद्यान्न संकट बढेको छ । त्यहाँ ती पसलले चर्को मूल्य लिई ठगी गरेको सरकारको भनाइ छ । भेनेजुएलामा महँगा खाद्य पदार्थ बनाउन विदेशबाट आयातित पीठो प्रयोग गरिन्छ । ती खाद्य व्यवसायीले अनुदान पाएको सामान प्रयोग गरेर महँगा खाद्य पदार्थ पाउने गरेको सरकारको भनाइ छ ।

सरकारका अनुसार देशले आर्थिक संकट झेलिरहेका बेला बेकरी र रेस्टुराँले अनुदानको पीठोबाट महँगा खानेकुरा बनाउनु अपराध हुने स्पष्ट पारेको छ । यसखालका अपराध रोक्न सरकारले कारबाही सुरु गरेको बताइएको छ । कतिपय सहरमा सरकारले अनुमति दिएबाहेकका खानेकुरा बनाएको आरोपमा गिरफ्तार गर्न सुरु गरिएको छ । बुधबार यस्तै अभियोगमा दुईजनालाई हिरासतमा राखिएको छ ।

बेकरीले आफूसँग भएको ९० प्रतिशत पीठोको रोटी (ब्रेड) बनाउनुपर्ने सरकारी आदेश जारी गरिएको छ । उपराष्ट्रपतिले गत साता देशभरका सबै बेकरीलाई उपलब्ध पीठोको ब्रेड बनाउनैपर्ने सूचना जारी गरेका थिए । यसका साथै प्रत्येक बेकरीले बिहान ७ बजेसम्म ब्रेड विक्रीका लागि राख्नुपर्ने निर्देश दिएका थिए । यो नियम पालना नगर्ने बेकरी मालिकलाई सरकारले हिरासतमा लिने र बेकरी उद्योग सरकारीकरण गरिने चेतावनी दिइएको छ ।

यो अवधिमा सरकारले कैयौं फुड लाइन्सका पसललाई नियन्त्रणमा लिइसकेको छ । आगामी तीन महिनासम्म ती पसल सरकारै कब्जामा रहनेछन् । सरकार समर्थक समितिलाई भने घरघर गई अन्न आपूर्ति गर्ने जिम्मा लगाइएको छ ।

व्यापारीले भने सरकारी कदमको विरोध गरेका छन् । बेकरी र रेस्टुराँ नियन्त्रणमा लिएर सरकारले रोजगार खोसेको आरोप लगाएका छन् । धमाधम कारबाही गरिन थालेपछि भेनेजुएलामा ब्रेडको अभाव निकै बढेको छ । ५७ वर्षीय मिलाग्रोस क्याबरेराले सरकारी कदमको विरोध गर्दै भने, ‘सरकारले सुरु गरेको कदमले हाम्रो स्थिति मुस्किल भएको छ ।' ब्रेड जस्तो दैनिक उपभोग्य वस्तु किन्न पनि कठिन भएको छ । ब्रेड पाउन पनि कैयौं किलोमिटर पर जानुपर्छ ।'

सरकारले भने जनतालाई सेवा पुर्‍याउन यस्तो कदम चाल्नुपरेको दाबी गर्दै आएको छ । न्यूनतम मूल्यमा खाद्यान्न उपलब्ध गराउन आफूले सक्दो प्रयास गरेको सरकारी भनाइ छ । ब्रेड भेनेजुएलाका आम मानिसको भोजनको ठूलो हिस्सा हो । यहाँ खानेकुराको भाउ तीन गुनासम्म बढेको छ । देशभर खानेकुराको अभाव सिर्जना भएको छ ।

कतिपय व्यापारीले यसै बेला निकै भाउ बढाई अत्यधिक नाफा कमाउन खोजिरहेका छन् । गत वर्षको नोभेम्बरमा भेनेजुएलाका तीनवटा विश्वविद्यालयले गराएका सर्वेक्षणमा ९३ प्रतिशत जनतासँग खानेकुरा किन्ने पैसा पनि नभएको थाहा भएको थियो । लाखौं नागरिकले एक छाक मात्रै खाने गरेको बताएको उल्लेख गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.