चीन-अस्ट्रेलिया सम्बन्ध सुदृढ

 चीन-अस्ट्रेलिया सम्बन्ध सुदृढ

सिड्नीः चिनियाँ प्रधानमन्त्री ली खछ्याङको अस्ट्रेलिया भ्रमणले चीन र अस्ट्रेलियाबीचको सम्बन्ध थप सुदृढ बनेको बताइएको छ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले आइतबार अस्ट्रेलियाको पाँचदिने भ्रमण सम्पन्न पूरा गरेका छन् । पाँचदिने भ्रमण सकेर आइतबारै उनी न्युजिल्यान्डतर्फ प्रस्थान गरेका छन् ।

चीनको प्रधानमन्त्रीको हैसियतमा ११ वर्षपछिमात्र लीले अस्ट्रेलियाको भ्रमण गरेका हुन् । उनको भ्रमणसँगै दुई देशको बीचमा सम्बन्ध थप प्रगाढ बन्नुका साथै यसले थप उचाइ पनि हासिल गरेको विश्लेषण अस्ट्रेलियाली मिडियाले गरेका छन् । उक्त भ्रमणले यी दुई देशका बीचमा लगानीका थप सम्भावनाको खोजी गर्नुका साथै यसले आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्धलाई बलियो बनाएको विश्लेषण पनि अस्ट्रेलियामा गरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अस्ट्रेलियन भिटामिन निर्माण गर्ने कम्पनी ब्ल्याकमोर्सका प्रमुख कार्यकारी अधिकृत क्रिस्टिना होल्ग्याटले भनिन्, ‘यो भ्रमणले यी दुई देशको बीचमा आवश्यक मानिएको स्वतन्त्र व्यापारका क्षेत्रमा आपसी हित प्रवर्धन गर्ने काममा सघाउ पुर्‍याएको छ ।' उनले विश्वमा बढ्दो व्यापारिक मोडेलहरूमा चीन र अस्ट्रेलिया स्वतन्त्र व्यापारका क्षेत्रमा आपसी रूपमा लाभान्वित हुनसक्ने अवस्था रहेकाले यी दुई देशले यस विषयमा साझेदारी गर्नुपर्नेमा जोड दिइन् । उनले आफू यो भ्रमणबाट निकै नै उत्साहित र उत्प्रेरित पनि भएको धारणा राखिन् । उनको कम्पनीले पनि चीनसँग संयुक्त लगानीका लागि गत बिहीबार सम्झौता गरेको छ ।

‘विश्वमा बढ्दो व्यापारिक विश्वव्यापीकरणका माध्यमबाट यी दुई देश संयुक्त लगानी, व्यापारमा साझेदारी एवं स्वतन्त्र व्यापारका क्षेत्रबाट लाभान्वित हुन सक्छन्', उनले भनिन् । चीनसँगको संयुक्त साझेदारीका लागि अस्ट्रेलियाली व्यापारिक समुदाय पनि तयार रहेको उनको धारणा छ । चिनियाँ प्रधानमन्त्री लीले अस्ट्रेलियासँगको स्वतन्त्र व्यापारका लागि व्यक्त गरेको प्रतिबद्धताले गर्दा पनि चिनियाँ व्यापारिक समुदायमा उत्साह थपेको सञ्चारमाध्यमले जनाएका छन् ।

आठ वर्षयता चीन अस्ट्रेलियाको एक प्रमुख आर्थिक साझेदार राष्ट्र हो । चीनले अस्ट्रेलियाबाट कम्पनीका लागि कैयौं कच्चा पदार्थ आयात गर्ने गर्दछ । त्यसैगरी चीनले अस्ट्रेलियाबाट फलाम, वाइन, अन्य खाद्य पदार्थ र उसका टेलिकम्युनिकेशन एवं अन्य सञ्चारका कारखानाहरूका लागि कच्चा पदार्थ किन्ने गर्दछ । त्यस्तै अस्ट्रेलियाले चीनबाट ठूलो मात्रामा कपडा, टेलिकम्युनिकेशनका साधन र सामान एवं सूचना प्रविधिका सामान किन्ने गर्दछ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.