ह्वाइट कोट र लियो क्लबको जनचेतना अभियान
चितवनः विश्व क्षयरोग दिवसको अवसरमा चितवनको पटिहानीमा क्षयरोगसम्बन्धी जनचेतना कार्यक्रम गरेको छ । ह्वाइट कोट र लियो क्लबले संयुक्त रूपमा विरेन्द्रनगर टाउन पटिहानीमा जनचेतनामूलक कार्यक्रम गरेका हुन् । कोटका अध्यक्ष आविस्कार चापागाईंका अनुसार पश्चिम चितवन क्षयरोगले प्रभावित क्षेत्रका रुपमा चिनिन्छ ।
‘क्षयरोग अन्त्यका लागि सबै संगठित होऔं, सबैलाई सँगसँगै लैजाउ' भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको उनले जानकारी दिए । सोही अवसरमा आयोजकले क्षयरोग के हो, यसका लक्षण, उपाय, उपचार र राष्ट्रिय क्षयरोग केन्द्रले के कस्तो गरेको छ भने विषयका सर्वसाधारणलाई जानकारी गराएका थिए ।
यसका लागि हामी आम नागिरकको भूमिका के हुने र क्षयरोग लागेका बिरामीप्रति गर्ने व्यवहार तथा बिरामीलाई कसरी अस्पताल पुर्याउने भन्नेजस्ता कुराकोसमेत जानकारी गराइएको आयोजकले जनाएको छ ।