बुटवल पावर कम्पनीको स्वर्ण महोत्सव

बुटवल पावर कम्पनीको स्वर्ण महोत्सव

काठमाडौः बुटवल पावर कम्पनी लिमिटेडको स्वर्ण महोत्सव कार्यक्रम सम्पन्न भएको छ । लिमिटेडले आइतबार ऊर्जामन्त्री जनार्दन शर्माको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको थियो । स्वर्ण महोत्सवमा दुई वटा विद्युत् आयोजनाको शिलान्यास गरिएको कम्पनीका सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिले जानकारी दिए ।

शिलान्यास भएका दुई आयोजनाबाट २०२० सम्म ६७.६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ । २०२२ सालमा प्राइभेट कम्पनीका रूपमा स्थापना भएको कम्पनीलाई २०४९ सालमा पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिएको थियो ।

२०५९ सालमा निजीकरण गरी निजी, सरकारी, कर्मचारी तथा सर्वसाधरणलाई सहभागी गराई कम्पनीलाई अगाडि बढाइएको छ । कम्पनीले १२ मेगावाटको झिमरुक विद्युत् केन्द्र तथा ९.४ मेगावाटको आँधीखोला विद्युत् केन्द्र सञ्चालनमा ल्याएको छ ।

कम्पनीले आफ्नै वितरण प्रणालीमार्फत स्याङ्जा, पाल्पा, प्युठान र अर्घाखाँची जिल्लाका ग्रामीण भेगका ५० हजारभन्दा बढी घरधुरीलाई विद्युत् सेवा प्रदान गर्दै आएको छ ।कम्पनीको मुख्य लगानीमा ताप्लेजुङ तथा पाँचथर जिल्लामा पर्ने काबेली नदीमा ३७.६ मेगावाटको काबेली ए जलविद्युत् आयोजना तथा लमजुङ जिल्लामा पर्ने न्यादी नदीबाट ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको शिलान्यास भएको हो ।

काबेली ए आयोजनामा इन्फ्राको एसिया, सिंगापुर साझेदार रहेको छ भने न्यादी आयोजनामा स्थानीय कम्पनी लमजुङ विद्युत् विकास कम्पनीको साझेदार छ । नविकरणीय ऊर्जाको क्षेत्रमा नर्वेकै ठूलो कम्पनी स्ट्याटक्राफ्टसँगको सहकार्यमा ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् आयोजना र क्यानाडाको कम्पनी एससीपी हाइड्रोसमेतको सहकार्यमा चार मेगावाटको खुदी जलविद्युत् आयोजना हाल सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.