टाइम्स अटो अर्वाडको विजेता ‘डाटसन रेडी गो'
काठमाडौंः डाटसन रेडी गो कार मुम्बइमा आयोजित टाइम्स अटो अवार्ड २०१६ ‘एसयूबी कम्प्याक्ट कार्ड अफ दि इयर' ले सम्मानित भएको छ । नेपालमा डाटसन रेडी गो सुरुवातदेखि नै आफ्नो खण्डमा विजेताको रूपमा स्थापित छ ।
आकर्षक बनावट, उत्कृष्ट स्टाइल र बेजोड मूल्यको समि श्रणले गाडी नेपालमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । यस सम्मानले डाटसन रेडी गोको गुणस्तरीयतामा अझै सशक्त रूपमा स्थापित गराउन सफल हुने कम्पनीको भनाइ छ ।
डाटसन गाडीका लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालि हो । सम्मानित भएकै अवसरमा कम्पनीले ‘आजै किनौं, पछि तिरौं' भने अफर योजनासमेत सार्वजनिक गरेको छ । अफरअन्तर्गत गाडी खरिदकर्ताले मासिक १० हजार नौ सय सात रुपैयाँमा गाडी लिन पाउनेछन् । तर, तीन महिनापछि भने ७.९९ प्रतिशत ब्याजदर तिर्नु पर्ने हुन्छ । साथै गाडी खरिद गर्दा नगद छुट, पुनः बिक्री सुविधा, ३० प्रतिशत न्यूनतम् भुक्तानि सुविधा पाउने कम्पनीले जनाएको छ ।
यसैगरी निःशुल्क बिमा, निःशुल्क सडक कर, फ्रि एसेसरिज, तीन वर्षको वारेन्टी र तीन वर्ष निःशुल्क सर्भिसिङ सुविधा पनि पाउनेछन् ।