एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच एक घण्टा वार्ता

एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच एक घण्टा वार्ता

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीबीच भेटवार्ता भएको छ।

एमाले संसदीय दलको कार्यालय सिंदरबारमा सोमबार भएको भेटवार्तामा अध्यक्ष ओली र राजदूत पुरीबीच स्थानीय निकायको निर्वाचन, दुईपक्षीय सहयोग आदान प्रदान, पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको ओलीका सहयोगी प्रमोद दाहालले जानकारी दिए। दाहालका अनुसार ओली र राजदूत पुरीबीच करिब एक घन्टा छलफल भएको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाण पत्र बुझाएको भोलिपल्टै सोमबार भारतीय राजदूत पुरी सुरुमै एमाले अध्यक्ष ओलीलाई भेटेका हुन्। भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित प्रमुख सचेतक भानुभक्त ढकाल सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.