‘कुरियरलाई भ्याट छुट दिनुपर्छ'

‘कुरियरलाई भ्याट छुट दिनुपर्छ'

काठमाडौः कुरियर व्यवसायीले कुरियर सेवा प्रवाहका क्रममा सरकारका विभिन्न निकायबाट नीतिगत र गैरनीतिगत अवरोध हुने गरेको भन्दै सहजीकरणको माग गरेका छन् । कुरियर सेवालाई सरकारले उद्योगको मान्यता दिइसकेको भए पनि सरकारका विभिन्न निकायले दुःख दिँदै आएको व्यवसायीको गुनासो छ ।

शनिबार राजधानीमा आयोजित नेपाल कुरियर सेवा संघको २२ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताले कुरियर तथा कार्गो ढुवानी गर्ने सवारीलाई ट्राफिक प्रहरीले दुःख दिने, कुरियरका लागि छुट्टै भन्सार नियमावली नहुँदा कार्गो वा सो सरह चिठीपत्र भन्सारबाट छुटाउन समस्या हुने गरेको गुनासो पोखे । उनीहरूले कुरियर सेवाको छुट्टै नियमावली बनाउन तथा मूल्य अभिवृद्धिकर (भ्याट) हटाउन माग गरे ।

संघका अध्यक्ष रामेश्वर सिवाले हवाई सेवा कम्पनीलेसमेत कार्य क्षेत्रभन्दा बाहिर गएर चिठीपत्र तथा पार्सल बुक गरी डेलिभरीसमेत गर्न थालेको भन्दै उक्त कार्यलाई तत्काल रोक्नुपर्ने बताए । उनले त्रिभुवन विमानस्थलमा कुरियर सेवालाई पनि सामान ल्याउन र लैजान एक्सरे मेसिनलगायतका पूर्वाधारसहित छुट्टै काउन्टरको व्यवस्था हुनुपर्ने माग गरे ।

संघले राजस्व तथा प्रहरी प्रशासनबाट जहाँ पायो, त्यही चेकजाँच गर्ने बहानामा सामान खोलिदिने, च्यातिदिने र काटिदिनेलगायत अनावश्यक दुःख दिने गरेको भन्दै कुरियर सेवालाई यस्ता समस्यामुक्त राख्नका लागि थानकोट, पथलैयालगायतका चेकिङ नाकामा प्रहरीलाई अग्रिम जानकारी गराइ सहजीकरणको व्यवस्था गरिनुपर्ने माग अघि सारेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्योग व्यवसायको विकास र विस्तारमा कुरियर व्यवसायले महत्वपूर्ण भूमिका खेल्दै आएको भए पनि राज्यबाट उपेक्षित रहेको बताए । उनले कुरियर क्षेत्रका समस्या वर्षौंदेखि ज्यूँका त्यूँ रहेको भन्दै सेवामूलक कुरियर व्यवसायलाई भ्याटमुक्त गर्न माग गरे ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले पनि भ्याट छुटको माग गर्दै हुलाकले कुरियर सेवाबाट हात झिक्नुपर्ने बताए । उनले भने, ‘हुलाक सेवाले व्यवसाय गर्ने होइन, व्यवसायको काम निजी क्षेत्रलाई छोडिदिनुपर्छ, हुलाक सेवाले नियमनमात्रै गर्नुपर्छ ।'

हुलाक सेवा विभागका उपमहानिर्देशक बद्रीनाथ गैरेले हुलाक निजी क्षेत्रको प्रतिस्पर्धी नभई सहयोगी भएको भन्दै सहकार्यमा जोड दिएका थिए । हुलाक सेवाले राम्रो सेवा प्रदान गर्न नसकेकै कारण कुरियर सेवाका नाममा निजी क्षेत्र आएको भन्दै गैरेले हुलाक ऐन तथा नियमावली र कुरियर सेवा नियमावली निर्माणका लागि विभागले आवश्यक तयारी गरिरहेको जानकारी दिए।

तत्कालीन समयमा हुलाक सेवा विभागअन्तर्गत २० हजार कर्मचारी रहेकोमा हाल आधामात्रै कर्मचारी रहेको गैरेले बताए । तुलनात्मक रूपमा हुलाकका कर्मचारीको सेवासुविधा कम रहेकाले पनि हुलाकमा कर्मचारीको आकर्षण नरहेको उनको भनाइ थियो ।

लागू औषध नियन्त्रण ब्युरोका वरिष्ठ प्रहरी निरीक्षक धिरु बस्नेतले कुरियरमार्फत लागू औषधको कारोबार नियन्त्रणका लागि सहकार्यमा जोड दिँदै नियन्त्रणका लागि लागू औषध नियन्त्रण ब्युरोलाई बढीभन्दा बढी उपयोग गर्न आग्रह गरे । लागू औषध माफियाले लागू औषधको कारोबारमा सबैभन्दा गरिब तथा बेरोजगारलाई उपयोग गर्ने गरेको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.