झुण्ड्याएर युवकको हत्या

 झुण्ड्याएर युवकको हत्या

सिरहाः सिरहाको लहान नगरपालिका ३ स्थित आँपको बगैंचामा करिब २० वर्षका युवकको शव झुण्ड्याइएको अवस्थामा भेटिएको छ । सप्तरीको मलहनमा १ का देवनारायण साहको छोरा श्रवणकुमार साहको शव आपको रुखमा खुट्टा भुईँमै छुनेगरी झुड्यिाइएको अवस्थामा सोमबार बिहान भेटिएको इलाका प्रहरी कायाृलय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिए ।

मृततको शवको घटनास्थल प्रकृति मुचुल्का उठाएर पोष्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमा प्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको जानकारी दिंदै प्रहरी निरीक्षक राउतले घटनाको अनुसन्धान भईरहेको बताए । प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन । मृतक साहको खुट्टामा तीन÷ चार ठाउँमा चक्कु प्रहार गरिएको घाउ रहेको र रगत बगिरहेकाले हत्या गरेर झुण्ड्याइएको हुन सक्ने आशंका गरिएको छ ।

लहान ३ स्थित ललकु मा.वि.बाट भर्खरै सकिएको माध्यमिक शिक्षा परीक्षा दिएका साह लहान अस्पताल चोकदेखि दक्षिण डेरामा भतिजसहित बस्दै आएका थिए । डेरामा अपरान्ह ४ बजेतिर कसैले फोन गरेर बोलाएपछि लहान ३ मा रहेको बस पार्क गएका उनको एकाएक मोबाइल स्वीच अफ भन्न थालेपछि साँझ प्रहरीमा उजुरी दिइएको भाउजु अनुकुमारी साहले बताइन् ।

अस्पताल चोकबाट दुई जना युवकले मोटरसाइकलमा राखेर बस पार्क पुर्याइएका उनीसँग त्यही युवकहरुसँग झैझगडा भएपछि घटना भएको हुन सक्ने आशंका गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.