अन्तर्वार्ता दिन जादाँ यी कुरामा ध्यान दिनुहाेस्
कुनै जागिरका निम्ति अन्तर्वार्तामा जाँदै हुनुहुन्छ ? पहिलो प्रयासमा जोकोहीलाई पनि अप्ठेरो लाग्छ । अनेक जिज्ञासा र खुल्दुली हुन्छन् । नआत्तिनुस्, अन्तर्वार्ताको सामना गर्न तयारीका लागि करिअर काउन्सिलर डा. र्यान्डल एस. ह्यान्सनका यी दस टिप्स उपयोगी हुन सक्छन् ।
जानकार हुनुहोस्
अन्तरवार्तामा जानुपूर्व रोजगारदाताबारे जानकार हुनु आवश्यक छ । तपाईंले रोजगारदाता, जागिरको प्रकृृति आदिबारे सामान्य भए पनि ज्ञान राख्नैपर्छ । जति खोजबिन गर्नुहुन्छ त्यति नै रोजगार प्रदायकलाई पनि चिन्नुहुनेछ जसले उनीहरूको प्रश्नको प्रकृति अनुमान गर्न सकिनेछ ।
जबाफ तयार पार्नुहोस्
अन्तर्वार्तामा प्रायः सोधिने प्रश्नबारे जानकारी लिनुहोस् । पटकपटक अन्तर्वार्ता दिएका चिनजानका मानिसले यसबारे प्रशस्त बताउँछन् । प्रश्नको जबाफ पहिल्यै नै तयार गर्नुहोस् । तपाईंले सबै तथ्य, तथ्यांक सम्झिनैपर्छ भन्ने छैन, विषयवस्तुमा केन्द्रित हुनसके पुग्छ ।
पोसाकमा ध्यान दिनुहोस्
तपाईंले निवेदन दिनुभएको संस्थालाई उपयुक्त हुने तथा संस्कृति, समाजलाई ध्यानमा राखेर आफूलाई मिल्ने खालको लुगा छनोट गर्नुहोस् । छोटा, टाइट कपडाभन्दा खुला, लामा कपडा लगाउनु उपयुक्त हुन्छ । अन्तर्वार्ताको केही समयअघि खाना खानु, चुरोट पिउनु ठीक हुँदैन । मुख सफा राख्नुहोस् । दाँत माझेरै जानुहोस् । समयमै पुग्नुहोसअन्तर्वार्तामा ढिलो हुनुलाई निकै नराम्रो मानिन्छ । त्यसैले समयमै पुग्नुहोस् । सकेसम्म केही समयअघि नै पुग्नुहोस् । आवश्यक कागजपत्रको सक्कल प्रतिसँगै केही थप फोटोकप पनि बोक्नुहोस् । राम्रो लेख्ने कलम बोक्नुहोस् । अन्तर्वार्तामा पस्नुअघि मोबाइल अफ गर्न नबिर्सनुहोस् ।
राम्रो प्रभाव पार्नुहोस
तपाईंको पहिलो प्रभाव सबैभन्दा महत्ववपूर्ण हुन्छ । अन्तर्वार्ताकारलाई जति प्रभाव पार्न सक्नुहुन्छ जागिर पाउने सम्भावना त्यति नै बढी हुन्छ । नम्र हुनुहोस् । सेक्युरिटी गार्ड, रिसेप्सनिस्टदेखि सबैलाई अभिवादन गर्न नबिर्सनुहोस् ।
आधिकारिक र आत्मविश्वासी हुनुहोस्
अन्तर्वार्ता सुरु भएपछि सोधिएजति सबैजसो प्रश्नको जबाफ दिनुहोस् । सक्दो आधिकारिक हुने प्रयास गर्नुहोस् । लामो जबाफ नदिनुहोस् । कुनै जबाफ नआए नआत्तिनुहोस्, नम्रतापूर्ण जान्दिनँ भन्नुहोस् ।
हाउभाउमा ध्यान दिनुहोस्
हाउभाउले व्यक्तित्व बताउँछ । त्यसैले हाउभाउमा ध्यान दिनुहोस् । मुस्कानसहित, आँखामा आँखा जुधाएर, ननिहुरीकन जबाफ दिनुहोस् । अर्कैतिर हेर्ने, कलम खेलाउने, कपाल चलाउने, अनुहार सुम्सुम्याउने, नाक कोट्ट्याउनेजस्तो काम नगर्नुहोस् । तपाईंको आवाजविहीन भाषाले पनि धेरै थोक बताउँछ ।
आवश्यक प्रश्न सोध्नुहोस्
पछिल्ला अध्ययनले रोजगार प्रदायकले आवेदकमा कामप्रतिको रुचि खोजी गर्ने देखाउँछन् । त्यसैले उनीहरूले अन्तर्वार्ताकै क्रममा अनेक मौका दिन्छन् । ती मौका चिन्नुहोस् र जागिरबारे थप जिज्ञासा राख्नुहोस् ।
आफ्नो प्रचार गर्नुहोस्ः दक्ष आवेदक जागिर पाउने हुनु जरुरी छैन । जित्ने उम्मेदवार प्रायः जागिर खोजी गर्ने हुन्छ । त्यसैले आफ्नो प्रचार गर्ने मौका नछोड्नुहोस् । आफ्नो योग्यता र क्षमताबारे केही संकेत गर्नुहोस् ।
धन्यवाद दिन नबिर्सनुहोस्
अन्तर्वार्ता सकिनासाथ हतारिँदै ननिस्कनुहोस् । उपस्थित सबैलाई नम्रतापूर्वक धन्यवाद दिएर मात्र निस्कनुहोस् ।