झण्डा हल्लाएर मन्त्रीको जागिर खान सरकारमा गएको होइनः कमल थापा

झण्डा हल्लाएर मन्त्रीको जागिर खान सरकारमा गएको होइनः कमल थापा

भक्तपुरः उपप्रधान एवं स्थानीय विकास तथा संघीय मामिलामन्त्री कमल थापाले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन नभए सरकार छोड्ने बताएका छन्।

मध्यपुर थिमी नगरपालिकाको २१ औं स्थापनाको दिवसमा सोमबार राप्रपा मध्यपुर नगर समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उनले स्थानीय तहको निर्वाचन सुनिश्चित गर्न पार्टी सरकारमा गएको स्पष्टिकरण दिएका हुन्।

सप्तरी घटनापछि स्थानीय तहको निर्वाचन नहुने स्थिति आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आफू सरकारमा गएको उनको भनाइ थियो। ‘सप्तरी घटनापछि प्रचण्ड सरकारकै स्थायित्वमा आशंका देखियो’, थापाले भने,‘यस्तो स्थितिमा सरकार जानु भनेको स्थानीय तहको निर्वाचन नहुनु हो। त्यहीं भएर स्थानीय तहको निर्वाचन सुनिश्चित गर्ने एक सुत्रीय सहमतिमा प्रधानमन्त्री प्रचण्डको आग्रहमा राप्रपा सरकारमा सहभागी भएको हो । झण्डा हल्लाएर मन्त्रीको जागिर खान सरकारमा गएको होइन।’

उनले स्थानीय तहको निर्वाचन हुँदैन भन्ने भ्रम नपाल्न आह्वान गर्दै निर्वाचनको तयारीमा जुत्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए । ‘स्थानीय तहको निर्वाचन हुन्न कि भन्ने भ्रम कसैले नपाले हुन्छ। निर्वाचन नहुने भए राप्रपा सरकारमा बसिरहँदैन’, थापाले भने, ‘त्यसैले स्थानीय तहको निर्वाचन हुन्छ । हुनुपर्छ । मधेसी मोर्चालाई समेत निर्वाचनमा ल्याउने वातावरण सरकारले बनाउँछ ।’

मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने स्थितिले देश टुक्राउन चाहने शक्तिहरुलाई मात्रै बल पुग्ने उनको दावी थियो । उनले मधेसी मोर्चालाई सहमतिमा ल्याई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकार लचकताका साथ प्रस्तुत हुनुपर्ने राप्रपाको ठहर रहेकोसमेत जानकारी दिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.