हवाई आक्रमणमा ३३ आइएस लडाकुको मृत्यु
![हवाई आक्रमणमा ३३ आइएस लडाकुको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/ISIS-58d8dd17170d90.60386141_ebjOT4Pm14.jpg)
काबुल: अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा रहेको आतङ्ककारीहरुको अखाडा लक्षित भएका हवाई आक्रमणमा परी ३३ जना इस्लामिक स्टेट (आइएस) आबद्ध आतङ्ककारीहरु मारिए छन्।
गत २४ घन्टायता भएको यस कारबाहीमा ती आतङ्ककारीहरु मारिएका गृहमन्त्रायलद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ।
त्यसैगरी सोही प्रान्तको गदी गाउँमा भएको सुरक्षा कारबाहीमा तीन तालिवानी आतङ्ककारी मारिएका अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षा बलले जनाएको जारी विज्ञप्तिमा जनाएको छ।
नान्र्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालावादमा सन् २०१५ को जुलाई महिनाबाट नै .आइएस लडाकु र सुरक्षाबलबीच भीषण लडाइँ हुँदै आएको छ।
यस पहाडी प्रान्त अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर टाढा रहेको छ। रासस÷सिन्ह्वा
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)