पासाङल्हामुलाई तेन्जीङ नोर्गे अवार्ड
काठमाडौँ: पासाङल्हामु शेर्पा तेन्जीङ नोर्गे अवार्ड २०१७ बाट सम्मानीत भएकी छिन्। १९५३ मा विश्वकै अग्लो चुचुरो सगरमाथामा पहिलो पटक पाइला नेपाली नोर्गैको नामबाट प्रदान गरिएको अन्तराष्ट्रियस्तरको अवार्ड पासाङल्हामुले हात पारेको छ।
नेपाली महिला टोलीबाट सगरमाथा, केटु हिमालको सफल आरोहण गरी सकेका शेर्पाले अन्तराष्ट्रियस्तरका हिमालमा सफलतापुर्वक हिमाल आरोहणमा गाइड गरेको, मानवअधिकारका पक्षमा वाकलत गरेको र भुकम्पमा राहत र उद्धारमा लिडर भई काम गरेको भन्दै अवार्ड प्रदान गरेको द एस्प्लोर क्लव अमेरिकाले जनायो।
यो अवार्ड विश्वका अग्ला हिमालहरु आरोहण गर्ने शहासिक व्यत्तित्वलाई प्रदान गर्दै आएको छ। १९८७ देखि प्रदान गर्दे आएको यो अवार्डबाट आप्पा शेर्पा, छिरिङदोर्जे शेर्पा सम्मानीत भइ सकेका छन भने बाँकी चार जना विदेशीले प्राप्त गरी सकेको छ। पाँच बर्षको अन्तरमा प्रदान गरीने अवार्ड नोर्गेले जस्तै हिमालमा शहासिक काम गर्नेका लागि प्रदान गर्दै आएको क्लवले जनायो।
सन् २००३ देखि हिमालमा एसिष्टेन्ट गाइड हुदै काम शुरु गरेका उनी एक सफल गाइडको रुपमा अन्तराष्ट्रिय जगतमा चिनिन्छ। अन्तराष्ट्रियस्तरमा माउटेनेरिङ गाइड गर्ने नेपालबाटै पासाङल्हामु मात्र एक महिला हुन्।
अन्तराष्ट्रियस्तरमा साउथ र नर्थ अमेरिकामा उनी गाइड गर्दै आएकी छिन्। महिला आरोही र गाइडलाई प्रोत्साहन गर्दै अवार्ड प्रदान गर्ने संस्था प्रति उनले आभार व्यक्त गरे। अवार्डले अन्य पछिल्ला पिडिका लागि पनि प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन्।