निर्वाचनका लागि चीनले नेपाललाई ९ मिलियन युयान सहयोग गर्ने
काठमाडौंः स्थानीय निकायको निर्वाचनका लागि चीनले नेपाललाई ९ मिलियन युयान सहयोग गर्ने भएको छ।
चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा सोमबार प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा राष्ट्रपति सी जिनपिङले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनका लागि ९ मिलियन युयान सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
भेटमा राष्ट्रपति जिनपिङले चीनको रेल सञ्जाल नेपालसँग जोड्ने र नेपालमा रेलको विकासमा आफैले सक्रियता लिने प्रतिबद्धता जनाएका थिए। यस्तै उनले नेपाल–चीनबीचको तातोपानी नाका सञ्चालन तथा अन्य नाका सञ्चालन गर्न आफू गम्भीर रहेको बताएका थिए।
राष्ट्रपति जिनपिङले दुई देशबीचका अन्य सम्भावित नाका सञ्चालन गर्ने विषयमा सकारात्मक आफू सकारात्मक भएको बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।