फोरमका तीन नेता निष्कासित

 फोरमका तीन नेता निष्कासित

राजविराज: मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)ले तीनजना नेतालाई निष्कासित गरेको छ। सो पार्टीको राजविराजमा सोमबार सम्पन्न वैठकले केन्द्रीय सदस्यहरु प्रमेश साह, भागवत मण्डल र बिष्णु चौधरीलाई साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको सचिव नेत्रविक्रम साहले जानकारी दिए।

पार्टी हित र स्वीकृत मुल्य मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भएकोले निष्काशनको निर्णय गर्नुपरेको साहको भनाई छ।केन्द्रीय समितिको वैठकले मधेसवादी दलहरुबीच एकिकरण गर्न अध्यक्ष राजकिशोर यादवलाई सम्पूर्ण जिम्मेवारी दिएको छ।

पार्टी एकतापछि नयाँ झण्डा र नयाँ चुनाव चिन्ह बनाउनु पर्ने सहभागीहरुले सुझाव दिएका छन्।मधेसवादी दलहरू विभाजित भएका कारण मधेसी समुदाय अधिकारबाट वञ्चित भएको निष्कर्ष निकाल्दै वैठकले राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टी एकिकरणको आवश्यक्ता औल्याएको अध्यक्ष यादवले बताए।

उनले भने-'मधेसलाई अधिकारसम्पन्न बनाउन मधेसवादी पार्टीहरुबीच एकता आवश्यक भएकोले एकीकरणको अभिभारा आफ्नो पार्टीले लिएको हो।' फोरम गणतान्त्रिक, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सदभावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीबीच एकताको गृहकार्य निकै अगाडि बढेको जनाउँदै सकेसम्म मोर्चाआबद्ध सबै दलबीच एकैपटक एकिकरणको प्रयास भइरहेको वैठकमा सहभागी नेताहरुले बताए।

गणतान्त्रिकका अध्यक्ष यादव, तमसपाका अध्यक्ष यादव र रामसपाका अध्यक्ष भण्डारीले मोर्चा आबद्ध सबै दलबीचको एकीकरणका लागि आ–आफ्नो भूमिका निर्वाह गरिरहेको गणतान्त्रिकका अध्यक्ष यादवले बताए। उनले मधेसी जनताको चाहनाबमोजिम सबै किसिमका स्वार्थ र हठ त्यागेर सामुहिक रुपमा अगाडि बढनु श्रेयष्कर हुने बताए।

संघीय समाजवादी फोरम नेपाल बाहेक मोर्चा आबद्ध छ मधेसवादी दलबीच एकताको लागि छलफल भइरहेको गणतान्त्रिकका अध्यक्ष यादवले भने। फोरम नेपालसँग भने छलफल सुरु भइनसकेको बताए।

उपेन्द्र यादवको मधेसी जनअधिकार फोरमवाट फुटेर जयप्रकाश गुप्ता सहितकाले गठन गरेको फोरम गणतान्त्रिकमा गुप्ता जेल परेपछि राजकिशोर यादव अध्यक्ष बनेका थिए। भण्डारीको रामसपा विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकबाट फुटेर बनेको हो भने महेन्द्र राय यादवको तमसपा तमलोपाबाट फुटेर गठन भएको हो। व्यवस्थापिका संसदमा रामसपा र तमसपाका ३÷३ तथा फोरम गणतान्त्रिकका एक जना सासंद छन्।

सप्तरीको मलेठमा आइतबार भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै गणतान्त्रिकका अध्यक्ष यादव, तमसपाका अध्यक्ष यादव, रामसपाका अध्यक्ष भण्डारी र नेसपाका अध्यक्ष अनील झाले सबै मधेसवादी दल एउटै झन्डामुनि एउटै चुनाव चिन्हका साथ आउनुपर्ने प्रस्ताव गरेका थिए।

गणतान्त्रिकको वैठकले सचिवमा विशेश्वर यादव, खेमनारायण यादव र नेत्रविक्रम शाहलाइ चयन गरेको छ। यसैगरी केन्द्रीय सदस्यहरुमा सोतीलाल यादव, नरेन्द्रप्रसाद यादव, मालबाबु सहनी, नानीबाबु खरेल र सल्लाहकारमा सन्जुकुमारी शर्मालाइ चयन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.