तीनवटै निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा: अध्यक्ष ओली

तीनवटै निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा: अध्यक्ष ओली

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा तोकिएको मितिमा तीनै तहको निर्वाचन सम्पन्न गरेपछि मात्रै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताएका छन्।

स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा समृद्ध र सुखी नेपालको पार्टीको प्रस्तावित अवधारणामा आज यहाँ भएको विद्वतसभामार्फत सुझाव लिँदै अध्यक्ष ओलीले लोकतन्त्रको आधारशीला निर्वाचन भएकाले यसलाई समयमै सम्पन्न गराउन सबैको भूमिका हुने र निर्वाचनमा जनताले सही नीतिका आधारमा छान्ने दलले मुलुकको नेतृत्व गर्ने स्पष्ट गरे।

संविधानमा आगामी २०७४ माघ ७ गतेभित्र संघ, प्रदेश र स्थानीय निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख भएकोमा स्थानीय तह निर्वाचनको मिति आउँदो वैशाख ३१ का लागि निर्धारण गरिएको छ।

अध्यक्ष ओलीले संविधानसभाका ९० प्रतिशतभन्दा बढी सभासद्ले जारी गरेको संविधान कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै भने, 'दुईचार जनालाई मन परेन भन्दैमा उनीहरूको जिद्दीले संविधान संशोधन हुँदैन। पार्टीको स्वार्थभन्दा देशको स्वार्थ माथि राख्नुपर्छ। लोकतन्त्र भनेको पनि त्यही हो।”

उनले छिमेकी चीनले प्रस्ताव गरेको 'वान बेल्ट वान रोड' मा हस्ताक्षर गर्न नेपालले ढिलो गर्न नहुने पनि बताए। ओलीले राष्ट्रिय पुननिर्माण प्राधिकरणका पछिल्ला काम सन्तोषजनक नभएको जिकीर गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण, पूर्वाधार र उर्जालगायतका क्षेत्रमा प्रचुर सम्भावना भएकाले नेपाललाई समृद्ध बनाउन सम्भव हुने बताए।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले एमाले अध्यक्ष ओलीसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई सुझाव दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.