प्रस्तावित राजदूत सुन्दासलाई सम्मान
काठमाडौँ: बहराइनका लागि नेपालका प्रस्तावित राजदूत पदम सुन्दासलाई 'दलित अनलाइन डटकम'ले सम्मान गरेको छ।
दलित आन्दोलनका अगुवा तथा समता फान्डेसनका अध्यक्ष सुन्दासलाई नेकपा (माओवादी केन्द्र) का नेता रणेन्द्र बराइली, लेखक तारालाल श्रेष्ठ, दलित अधिकारकर्मी भद्रमान मोते र अनलाइनका प्रकाशक÷सम्पादक अशोक दर्नाललगायतले बधाई दिए।
यसैगरी नेकपा (एमाले)का नेता तथा सांसद जितु गौतम र राष्ट्रिय दलित आयोगका निवर्तमान सदस्य सचिव घलेले नेपाल र बहराइनबीचको सम्बन्धलाई अझै सुमधुर बनाउनुपर्नेमा जोड दिए। प्रस्तावित राजदूत सुन्दासले आफू राजदूत रहुन्जेल त्यहाँ रहेका श्रमिकका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।