चीनले चुनावलाई १४ करोड दिने
काठमाडौं : चीनले नेपालको आसन्न स्थानीय चुनावका लागि ९ मिलियन चिनियाँ युआन (झन्डै १४ करोड नेपाली रुपैयाँ) उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री दाहालसँगको वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले बर्सौंपछि नेपालमा स्थानीय चुनाव हुन लागेकोमा खुसी व्यक्त गर्दै उक्त सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।
नेपालमा नयाँ संविधान जारी भएकोमा मुक्तकण्ठले स्वागत गरेको चीनले संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलोका रूपमा रहेको स्थानीय तह निर्वाचनमा सांकेतिक सहयोग घोषणा गरेको हो ।
दाहालले सोमबारै बेइजिङस्थित व्यापारिक समुदायसँगको अन्तक्र्रियामा नेपालमा लगानीका अवसरहरू रहेकाले लगानी बढाउन आग्रह गरेका थिए ।