‘फेरि मारकाट नहोस् भनेर बुद्ध बसायाैं’
महत (रुकुुम): रुकुुम महतका कुलबहादुुर सुुनार । ०५९ साल असोज ६ गते उनी गाउँदेखि पारि डाँडामा गाईबाख्रा चराउन गएका थिए । गाउँमा सेना पस्यो । सबै झ्याल–ढोका थुुनेर भित्र पसे । एकाएक गोली चल्यो । गाईबाख्रा चर्काे गरी कराएर दौडिँदै थिए, गोठालो गएका कुलबहादुुर डाँडामा ढलिसकेका थिए, कहिल्यै नउठ्ने गरी ।
अम्मा सुुनार उनै कुलबहादुुरकी श्रीमती हुुन् । ६ दशक पार गरिसकेकी उनी यतिबेला घरमा एक्लै छिन् । र, उनको घरअघि शान्त भएर बसेको छ, एउटा बुुद्धको ठूलो मूर्ति । रुकुुममा सबैभन्दा धेरै मान्छे मारिएको गाविस हो महत । युुद्धका बेला यही गाउँका ५८ जना मारिएका थिए । त्यस्तै, युुद्धमा घाइते भएका ६०–६५ जना अहिलेसम्म अपांग जीवन बाँचिरहेका छन् ।
‘युुद्धभूमि’ भनेर चिनिने महत गाउँमा अम्मा सुुनारजस्ता सबै द्वन्द्वपीडित मिलेर बुुद्धलाई बसाएका छन्, गाउँको बीचमा । ‘अब मारकाट गरेर के काम ? ’ अम्मा भन्छिन्, ‘फेरि गाउँमा मारकाट नहोस्, सबै घरमा शान्ति छाओस् भनेर बुुद्धको मूर्ति बनायौं ।’ उनी हिन्दु धर्म मान्छिन् । र, बुुद्धको मूर्ति घरअघि देख्दा मन शान्त हुुन्छ । ‘ श्रीमान्लाई मारिदिए, किन मारेका हुुन् ऐलेसम्म थाहा छैन, सरकारले दिने भनेको १० लाख पनि उधारो भो अझै सात लाख लिन बाँकी नै छ’, उनी भन्छिन्, ‘यही मूर्ति हेर्छुु, मन शान्त हुुन्छ ।’
रुकुुममा सबैभन्दा धेरै मान्छे मारिएको गाविस हो महत । युुद्धका बेला यही गाउँका ५८ जना मारिएका थिए । त्यस्तै, युुद्धमा घाइते भएका ६०–६५ जना अहिलेसम्म अपांग जीवन बाँचिरहेका छन् ।
दस वर्षसम्मको द्वन्द्व सामुुन्ने देखेभोगेका गाउँले अब शान्ति चाहन्छन् । अहिले गाउँमा प्रहरीचौकी पनि छ । तर, चौकीमा मुुद्दा नआएको बर्साैं भइसक्यो । ‘अब कसैसँग केही गुुनासो छैन, हामी अब शान्तसँग बाँच्न चाहन्छौँ’, महतका जोखन बुुढामगर भन्छन्, ‘युुद्धको यो भूमिमा फेरि हिंसा, झगडा नहोस् र सबैको मनमा शान्ति छाओस् भनेर बुुद्धको मूर्ति बनाएका हौँ ।’
उनका अनुुसार बौद्ध धर्म अनुुसरण गर्न नभई शान्तिको कामनाका लागि उनीहरूले गाउँमा ‘बुुद्ध’ राखेका हुुन् । ‘गाउँलेको मनमा शान्ति छाउला भनेर हो, बुुद्ध त शान्तिको मूर्ति मानिन्छ नि !’ उनले भने, ‘बौद्धधर्म मान्ने भएर होइन, हामीलाई शान्ति चाहिएर हो ।’जिल्ला विकास समितिसँग केही रकम सहयोग मागेर गाउँले आफैंले श्रमदान गरेर यो मूर्ति निर्माण गरेका हुुन् । मूर्ति बनाउन नेपाली सेनाले कलाकार दिएको थियो । मूर्ति बनाउने काममा रातदिन खटेकी अम्मा भन्छिन्, ‘हिजो मारामार थियो, काटाकाट थियो अब त्यस्तो छैन, हामीले काम ग¥यौं, सेना आएर मूर्ति बनाइदिए ।’
०५६ सालमा सरकारले तत्कालीन माओवादी जनयुुद्धलाई दबाउन ‘किलोसेरा टुु’ अपरसेन थालेको थियो । माओवादीका लडाकुु पनि कडा प्रतिरक्षामा थिए । ०५६ साल असोज ५ गते माओवादीको पश्चिम क्षेत्रमा रहेका ३ वटा ‘प्लाटुुन’ एकीकृत भएर रुकुुमको महतस्थित प्रहरीचौकी आक्रमण गरे । यो आक्रमणको नेतृत्व गरेका थिए, हालका उपराष्ट्रपति नन्दबहादुुर पुुन पासाङले ।
आक्रमणसँगै माओवादीले चौकी कब्जा गरे । केही प्रहरी र माओवादी लडाकुुको मृत्युु भयो । र, त्यही चौकीका इन्चार्ज डीएसपी ठूले राई (हाल एसपी)लाई उनीहरूले अपहरण गरे । माओवादीले पहिलोपटक प्रहरीको माथिल्लो अधिकारीलाई युुद्धबन्दी बनाएको थियो । सरकारले माओवादी नेता देव गुुरुङलाई रिहा गरेपछि मात्रै माओवादीले ठूले राईलाई छाडेका थिए । रुकुुमको महत यही घटनाले पनि चर्चित छ ।
बुुद्धको मूर्ति अझै पूर्ण भइसकेको छैन । यसमा अझै पहेँलो लेपन लगाउन बाँकी छ । मूर्तिको वरिपरि पार्क बनाउने गाउँलेको योजना छ । त्यसका लागि उनीहरूलाई सांसद दलजित सेर्पाइलीले संसद् विकास कोषबाट १० लाख रुपैयाँ दिने भएका छन् । त्यस्तै, जिल्ला विकास समितिले पनि केही रकम सहयोग गरेको थियो । असारमा मूर्ति ठडिएको हो । करिब ३ सय घरधुुरी रहेको महत गाउँमा सबैजसो मगरको बासोबास छ ।