आरआरमा आज स्ववियु चुनाव, अदालतको दुरुपयोग: क्रान्तिकारी

आरआरमा आज स्ववियु चुनाव, अदालतको दुरुपयोग: क्रान्तिकारी

काठमाडौं : थुप्रै विद्यार्थी संगठनको विरोधका बाबजुद मंगलबार भृकुटीमण्डपस्थित आर.आर क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । गत फागुन १९ गते हुनुपर्ने निर्वाचन २३ गतेका लागि सारिएको थियो । निर्वाचन आचारसंहिता लागु भएकोले स्ववियु निर्वाचन गर्न नमिल्ने भन्दै प्रशासनले निर्वाचन रोकेको थियो । यही चैत २ गते आरआरका एमाले निकट अनेरास्ववियुका तर्फबाट सभापतिका उमेदवार तपेन्द्रबहादुर शाहीले हालेको रिटमा सर्वोच्च अदालतले निर्वाचन गराउन आदेश दिएको थियो ।

एकतर्फी रुपमा निर्वाचन गराउँन लागेको भन्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायत १० विद्यार्थी संगठनले भने निर्वाचन बहिस्कार गरेका छन् । अन्नपूर्णसँग कुरा गर्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्माले आफूहरुलाई झुक्याएर क्याम्पस प्रमुख र एमाले अखिलले स्ववियु निर्वाचन गर्न लागेको आरोप लगाए ।

आफ्नो संगठनका कतिपय उमेदवार रोजगारीका लागि विदेश गएको, कोही गाउँ गएको र कोही परीक्षाको तयारीमा लागिरहेको अवस्थामा कुनै छलफल नै नगरी निर्वाचन घोषण गरिएकोले त्यसको विरोध र बहिस्कार गरेको शर्माले जानकारी दिए । सर्वोच्चमा समेत एमाले अखिलले गलत सूचना दिएर रिट हाली अदालतको दुरुपयोग गरेको उनको जिकिर छ । निर्वाचनको एकदिन अधिमात्रै चोरबाटोबाट नेविसंघको उमेदवारी दर्ता गर्नु अदालतको आदेश विपरित रहेको शर्माले बताए ।

नेविसंघले भने हिजो मात्रै उमेदवारी दर्ता गरेर निर्वाचनमा भाग लिन लागेको छ । पहिला आफ्नो संगठनको उमेदवारी दर्ता नभएकोले विरोध गरेको र अहिले उमेदवारी दर्ता भएकाले निर्वाचनमा भाग लिन लागेको नेविसंघका केन्द्रीय सदस्य डम्बर जोसीले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.