सडक खनेको हेर्न गाउँलेको भीड

सडक खनेको हेर्न गाउँलेको भीड

बझाङ : झनानादेखि खोली जोड्ने सडकखण्डमा एस्काभेटरले खनेको हेर्न पिखेतका बासिन्दाको दिनहुँ भीड लाग्ने गरेको छ । सेती नदी तारेर मेसिन ल्याएपछि पिखेतको चौरबाट सडक खन्ने काम भइरहेको हेर्न यहाँका मानिसको भीड लाग्ने गरेको हो ।

'एस्काभेटरले सडक काटेको हेर्न मानिसको सधैं लाइन हुन्छ', पिखेतका कृष्ण खोतीले भने, 'यसरी मेसिनले काम गरेको कहिल्यै देखेका थिएनौं । यो गाउँलेका लागि जात्राजस्तै भएको छ ।' गाउँका बूढापाका, महिला, बालबालिका मेसिनले काम गरेकै स्थानमा गएर दिनभर बसिरहन्छन् । 'मेसिनले यसरी काम गरेको देख्दा अचम्म लागेर आयो', पिखेतकी शान्तिदेवी विष्टले भनिन्, 'मेसिनले काम गरेको जति हेरे पनि रहर मेटिँदैन । लामो बकेटले माटोढुंगा एकैसाथ फालेको देख्दा यस्तो पनि हुने रहेछ भनेर अचम्मै लाग्छ ।'

एस्काभेटरले सडक काटेको हेर्न मानिसको सधैं लाइन हुन्छ । यसरी मेसिनले काम गरेको कहिल्यै देखेका थिएनौं । यो गाउँलेका लागि जात्राजस्तै भएको छ । - कृष्ण खोती, स्थानीय, थलारा गाउँपालिका

मेसिनले यसरी काम गरेको भारतमा देखे पनि आफ्नो देशमा पनि यस्तो प्रविधि आउँदा खुसी लागेको स्थानीय मानबहादुर रोकायाले बताए । गाउँमा सडक निर्माणमा सघाएपछि स्थानीयले एस्काभेटर मेसिन चालकलाई फूलमालाले सम्मान पनि गर्दै आएका छन् । 'हाम्रो गाउँमा पनि सडक आएपछि मोटर आउने भए', अर्का स्थानीय आनन्द रोकायाले भने, 'नदी तारेर मेसिन ल्याइएको हो । अब नदीमा पक्की पुल आवश्यक छ ।'

झनानास्थित सेती नदीमा अहिले पक्की पुलको पनि काम भइरहेकाले अब थलारा क्षेत्रमा पनि गाडी गुड्ने झनाना पक्की पुलका ठेकदार नवराज थापाले बताए । झनानाबाट सडक खन्न सुरु गरिएको यो बाटोले खोली-माडुकाट्ने-थामलेख-छान्ना हुँदै चैनपुर र डोटी-दिपायललाई समेत जोड्नेछ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.